2026-08-26 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाली र पशुधन सुरक्षणबारे किसान अनभिज्ञ

सुरेन्द्र भण्डारी / माघ २९, झापा | पछिल्लो समय व्यावसायिक तरकारी तथा पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ । 

परम्परागत कृषि प्रणालीमा कृषकले सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाका धेरै कृषक अहिले व्यावसायिक तरकारी तथा पशुपालनतर्फ आर्कषित हुन थालेका हुन् । 

व्यावसायिक कृषि प्रणाली अपनाए पनि साना किसानले बाली र पशुको बीमा भने गर्दैनन् । कतिपय किसानलाई त पशु र बालीको पनि बीमा हुन्छ भन्ने ज्ञानसमेत छैन । सरकारले किसानको बाली र पशुधनको सुरक्षणसम्बन्धी कार्यविधि तयार गरेर कार्यक्रम लागू गर्दासमेत कृषकलाई सो विषयमा थाह नभएपछि पशु र बालीको सुरक्षणसम्बन्धी कृषि विकास बैंकले अहिले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

बाली र पशुधनको सुरक्षणका विषयमा कृषि विकास बैंक शाखा कार्यालय बिर्तामोडले अहिले किसानको घरदैलोमा पुगेर जानकारी दिन शुरु गरेको छ । कार्यक्रमअन्तर्गत कूल पशुधन मूल्यको पाँच प्रतिशत बीमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत कृषि विकास बैंकका तर्फबाट कृषकलाई उपलब्ध गराइन्छ । 

अचानक, भवितब्यबाट हुने कुनै पनि किसिमको दुर्घटना, प्राकृतिक प्रकोप वा प्रकृतिजन्य कारणबाट बाली तथा पशुधनमा हुने क्षतिलाई आर्थिक सुरक्षण दिन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको कृषि विकास बैंकका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताउनुभयो । सरकारले सञ्चालन गरेको बाली तथा पशुधनको बीमा सुरक्षा अभियानअनुसार झापामा पनि यो अभियान शुरु भएको हो । उक्त अभियान झापाका लागि पहिलो भएको बराकोटीले बताउनुभयो । 

कृषि र पशुपालनमा संलग्न किसानले बढी उत्पादन लिई फाइदा लिनका लागि जिल्लामा उन्नत बीउ र नश्लको प्रयोग गर्ने क्रम बढेको छ । स्थानीय जातमा भन्दा उन्नत जातका पशुको मूल्य बढी पर्ने तथा त्यस्ता पशुधनमा रोग बढी लाग्ने हुँदा नोक्सानी हुने सम्भावना बढेर जाने र भवितब्यबाट अचानक क्षति हुँदा राहतका लागि पशुधन सुरक्षण (बीमा) गर्नुपर्ने आवश्यकता पर्ने बराकोटीको भनाइ छ । 

भवितब्यबाट हुने कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोप वा प्रकृतिजन्य कारणबाट हुने नोक्सानी÷क्षति÷घाटाको मञ्जुरी गरिएको शर्त र सुविधा उचित रकमपूर्ति गर्दै सामान्य जीवनयापन गर्न पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने संस्थागत सम्झैता÷करारको प्रक्रिया नै बीमा भएको कृषि विकास बैंक क्षेत्रीय कार्यालय बिराटनगरका ऋण अधिकृत अमृत राईले बताउनुभयो । 

पूर्वका इलाम, धनकुटा र सुनसरीमा बाली तथा पशुधन सुरक्षण कार्यक्रम प्रभावकारी देखिएको छ । साना किसानलाई व्यावसायिक तरकारी तथा पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले कृषि विकास बैंकमार्फत कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । पशुपालन व्यवसायको जोखिम कम गरेर कृषकलाई आकर्षित गराउन र अचानक हुने क्षतिबाट कृषकलाई सुरक्षित गर्नका बाली तथा पशुधन बीमा अभियान आवश्यक रहेको छ । काभ्रे, पाल्पा, नुवाकोटजस्ता जिल्लामा उक्त अभियान सफल भए पनि झापाका किसान यस विषयमा अझै अनभिज्ञ छन् । गाउँगाउँमा गएर किसानलाई यस विषयमा जानकारी दिन थालिएको कृषि विकास बैंक बिर्तामोडका अधिकृत कमलप्रसाद राजवंशीले बताउनुभयो । 

कृषि विकास बैंक शाखा कार्यालय बिर्तामोडमा हाल एक हजार १०० किसान आबद्ध छन् । बिर्तामोड र अर्जुनधारा नगरपालिका तथा बाह्रदशी गाउँपालिका कार्यक्षेत्र रहेको बिर्तामोड शाखाले किसानलाई लक्षित गरेर उक्त अभियानको बारेमा जानकारी गराइरहेको छ । रु १० लाखसम्मको पूँजीमा पशुपालन तथा रु दुईदेखि तीन लाखसम्मको कृषि बालीमा बीमा गर्न सकिने कृषि विकास बैंक बिर्तामोडका शाखा प्रबन्धक बराकोटी बताउनुहुन्छ । 

उहाँले भन्नुभयो– “यो साना तथा मझौला वर्गका किसानप्रति लक्षित कार्यक्रम हो, ७५ प्रतिशत सरकारको र २५ प्रतिशत किसानको लगानीमा बीमा गरिन्छ, क्षति भएको खण्डमा क्षतिपूर्ति दिइन्छ, नभएमा सरकारले दिएको सबै रकम किसानकै खातामा जम्मा हुन्छ ।” 

जिल्लाका कुनै पनि किसानले कृषि विकास बैंकमार्फत बाली तथा पशु बीमा गरेका छैनन् । विसं २०६८ बाट कार्यक्रम लागू भए पनि किसानलाई यस विषयमा ज्ञान छैन । नेपाल सरकार, कृषि विकास बैंक लिमिटेड र कृषि तथा लघुउद्यम विकास विभागले पशुधन र बाली सुरक्षणसम्बन्धी बीमा गराउँदै आएको छ । 

ठूलो लगानी हुनेले कृषि विकास बैंकमा बीमा गर्न नपाउने तथा साना र मझौला किसानलाई कृषि विकास बैंकमार्फत बीमा हुन्छ भन्ने जानकारी नभएकाले किसानले बीमा नगराएको कृषि विकास बैंक बिर्तामोडका अधिकृत राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो– “किसानलाई बीमा गर्नुपर्छ भन्ने जानकारी नभएकाले बैंकले अहिले अन्तरक्रिया कार्यक्रम गरेर बीमाको बारेमा जानकारी गराइरहेको छ । यसप्रति किसानको चासो बढ्दै गएको छ ।” 

कृषि कर्ममा आबद्ध किसानले कुनै कृषि सहकारी तथा कृषिसँग संबद्ध संस्थामा रहेर उपसमिति निर्माण गरेर बीमा समिति गठन गर्न सक्ने कृषि तथा लघुउद्यम विकास विभागका शाखा प्रमुख माधव रिजालले बताउनुभयो । किसानले पालेको पशुअन्तर्गत गाई र भैँसीको रु ७५ हजार तथा अन्य पशुको त्यसभन्दा कम मूल्यांकन गरेर बीमा गर्ने प्रावधान छ । बीमाको अनुगमन तथा मूल्यांकनसमेत उपसमितिले गरे पनि कृषि विकास बैंकले उक्त विषयको अध्ययन गरेर बीमा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

कृषि विकास बैंकले जिल्लाका ग्रामीणस्तरमै पुगेर कृषकलाई बाली तथा पशुधन सुरक्षणसम्बन्धी सहजीकरण गरेपछि बीमाप्रति कृषक उत्साहित भएका छन् । कृषि विकास बैंक र कृषि तथा लघुउद्यम विकास विभागले बाह्रदशी गाउँपालिका र अर्जुुनधारा नगरपालिकाका कृषकलाई यस विषयमा जानकारी गराएसँगै यहाँका कृषकले समूहगत रुपमा पशु र बाली दुवैको सुरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । अर्जुनधारा नगरपालिकास्थित पूर्वार्ध डेरी उद्योगमा आयोजना गरिएको कार्यक्रममा अधिकांश कृषकले पशु र बाली बीमा अनिवार्य गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई