२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

२ फाल्गुन २०७४, बुधबार ०७:३१

फागुन २, दाङ | पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । 

मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । 

विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले मंगलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन शुरु गरेको छ । 

तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत बताउनुभयो । 

फार्मको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना (रिजम)का निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य