४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मह बेचेरै कमाउँछन् ओमप्रकाश महिनाको आधा लाख

५ फाल्गुन २०७४, शनिबार ११:०९

फागुन ५, रुकुम । गाउँघरमा गरिखाने कुनै मेलो नभेट्दा एकताका रुकुमको सिस्ने गाउँपालिकाका ओमप्रकाश खड्का विदेश जान ठिक्क पर्नुभएको थियो । घर खर्च चलाउने मेसो पनि नहुँदा उहाँलाई निकै गाह्रो परेको थियो ।


त्यसैबेला कसैले उहाँलाई लाग्यो एक पटक मौरी पालेर हेर्छु । २०६२ सालदेखि मौरी पाल्न सुरु गरेका ओमप्रकाशको मौरी पालन गर्ने निर्णय सहि भएको छ । मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको छ । 

१२ वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । ‘सुरुमा पाँच सय रुपैयाँ ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पुर्‍याएको छु’ ओमप्रकाशले भन्नुभयो।

वर्षमा दुई याममा मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । ओमप्रकाशले उत्पादित मह प्रतिकिलो ६ सय रुपैयाँ र मौरीसहितको घारलाई तीन हजार रुपैयाँमा बेच्ने गर्नुभएको छ । 

मह र मौरीसहितको घार बिक्रीबाट अहिले उहाँको वर्षको ६ लाख रुपैयाँ नाफा कमाइ छ । मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताउनुभयो । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ । 

आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत ओमप्रकाश अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने गर्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता