२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती गर्दै

१० फाल्गुन २०७४, बिहीबार ०८:०३

प्रकाश धौलाकोटी / फागुन १०, तेह्रथुम | विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् । 

त्यही कोटीमा उभिनुभएको छ, फेदाप गाउँपालिका–२, ओयाक्जुङका ४० वर्षीय खगेन्द्र जोगी । पर्याप्त कमाउने दाउमा लाखौँ रुपैयाँ ऋण काढेर विदेश जानुुभएका जोगी अहिले गाउँ फर्किएर व्यावसायिक खेतीमा लाग्नुभएको छ । 

“ऋण काढेर विदेशिए, दुबईमा दुई वर्ष बस्दा सबै कुरा चेतेँ”, उहाँ भन्नुहुन्छ, “सहजै कमाउँछु भन्नेले विदेश नजानु ।” 

उहाँले भन्नुभयोे, “यहाँ गाउँमा काम गर्छुभन्दा ठाउँ जति पनि छ, विदेशमा काम गर्छुभन्दा न काम पाइन्छ, न त समयमै काम गरेको पारिश्रमिक नै ।” परिवारदेखि टाढा बस्नुको पीडाले परदेशमा हुँदा धेरै पिरोलेको जोगीले बताउनुभयो । विदेशमा गर्ने जति मेहनत आफ्नै माटोमा गरे पर्याप्त आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले गाउँमै बसेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुहुन्छ । 

चार वर्षअघि जोगीले २६ हजार अलैँचीका बिरुवा खरिद गरेर खेती थाल्नुभएको थियो । शुरुमा खेती थाल्दा रु दुई लाख लगानी गरेको उहाँले बताउनुभयो । “अलैँचीका बिरुवा इलामबाट खरिद गरेँ, गाउँमा अलैँचीका बिरुवाको माग धेरै छ, यहीँ बिरुवा उत्पादन गर्न सके मनग्य आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । 

सिंगो गाउँ नै अलैँची खेतीमा आश्रित छ । जोगीजस्ता धेरै किसानले अलैँची खेती गरिरहेका छन् ओयाक्जुङमा । “मैले यसवर्ष १० मन अलैँची बिक्री गरेँ, राम्रै कमाइ छ”, उहाँ भन्नुहुन्छ, “अलैँची खेतीमा मेहनेत गर्न सके पर्याप्त फाइदा लिन सकिन्छ ।” 

धान फलाउन जति मेहनत गर्नुपर्छ, अलैँचीमा त्यति मेहनेत पर्दैन । आफूले लगाएको बगानमा दुई वर्षपछि २० मन बढी अलैँची उत्पादन हुने जोगीको विश्वाश छ । “यतिका जमिनमा अलँैची खेती छ, अहिले एक्लैले भ्याएको छु, टिप्न र भट्टी लगाउनमात्रै साथी चाहिन्छ, बाँकी सबै आफैँ गर्छु”, उहाँले भन्नुभयोे । 

बेमौसममा पनि अलैँची मर्न लागेकाले हेरचाह गर्ने, मरेकामा नयाँ बिरुवा रोप्ने, पानी लगाउने, फाँड्ने, गोडमेल गर्नेलगायत काम उहाँ आफैले गर्नुहुन्छ । अलैँची खेती कसरी गर्ने र आधुनिक प्रविधि के हो भन्नेबारे खासै जानकारी नभएको जोगीको भनाइ छ । 

अलैँची सुकाउन जोगीसँग आधुनिक भट्टी छैन । परम्परागत रुपमा बनाइएको भट्टी पनि जंगलमै छ । भट्टी लगाउँदा साता दिनसम्म जंगलमै बस्नुपर्छ । “जंगलमा बसेर अलैँची सुकाउँदा सर्प, जंगली जनावर र चिसो समस्या हुन्छ,” उहाँले भन्नुभयो । आधुनिक भट्टी गाउँमा ल्याएर प्रयोग गर्नेबारे आफूलाई जानकारी नभएको उहाँ बताउनुहुन्छ । 

खोल्सीको कालो सुन उपनामले परिचित पूर्वी नेपालको मुख्य नगदेबाली अलैँचीको बजारभाउमा आइरहने उतारचढावले कसान निराश बनेका छन् । “बजारमा आउने समस्याबारे सरकारले चासो लिनुपर्छ,” जोगीले भन्नुभयो । किसानलाई प्रतिमन रु ३० हजारमात्रै हात लागे पनि घाटा नहुने उहाँको भनाइ छ । उहाँले अहिले १५ रोपनी जमिनमा अलैँची खेती लगाउनुभएको छ । करिब पाँच रोपनीमा नयाँ बगान छ भने बाँकी क्षेत्रमा उत्पादन दिन थालेको बगान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान