वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसर"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानमा व्यवशायीक बाख्रापालन तालिम शुरु

२२ फाल्गुन २०७४, मंगलवार ११:४०

फागुन २२, सल्यान। बाख्रापालन पेशालाइ व्यवशायीक बनाउन सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबारदेखि तालिम शुरु गरेको छ ।


वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसरि व्यवशायीक बन्ने भन्ने बारेमा तीनदिने तालिम शुरु गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।

तालिममा साविकको रीम र सारपानी गर्पा गाविसका ३० जना किसान सहभागी छन् । तालिमको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बाख्रापालनमा संलग्न कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले तालिमको आयोजना गरिएको बताए । अझै पनि बाख्रापालन निर्वाहमुखी रहेको र कृषकहरूमा व्यावसायिक बाख्रापालन सम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्था रहेको उनले बताए ।

तर अव वाख्रापालन व्यवसायलाई विस्तार गर्न नयाँ नीति र योजनाका साथ आफुहरुले काम गर्ने अध्यक्ष सेनले बताए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष याम कुमार वस्नेत, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा लगाएतकाले बोल्दै ठाउँ र हावापानी अनुसारका बाख्राको जात पाल्नुपर्नेमा जोड दिएका थिए ।

तीन दिन सम्म चल्ने तालिममा बाख्राको खोर व्यवस्थापन, आहारा, प्रजनन, रेकर्ड किपिङ, पशु स्वास्थ्य, उपचार तथा बजारिकरणका बारेमा प्रशिक्षण दिइने कपुरकोट पशु सेवा शाखाका पशु चिकित्सक कमल कुशुम आचार्यले बताएका छन् । सम्बन्धीत वडा कार्यालयबाट छनौट भएर आएका किसानहरुलाइ पशु चिकित्सक आचार्य र पशु स्वास्थ्य प्राविधिक कमल रेग्मीले तालिम दिइरहेका छन् ।।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य