२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दिवासमा सामूहिक गाईपालन

२०७४, १३ चैत्र मंगलवार ०९:५५

चैत १३, बर्दिवास | महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ । 

उक्त समूहले हालेस्टेन र जर्सी जातका २० वटा गाई, आठवटा बाच्छाबाच्छी तथा दुईवटा साँढेसमेत पालेको छ । तिनको सम्भारमा पाँचजना गोठालालाई भ्याइनभ्याइ छ । 

पाँच बिघा जग्गामा पाँचजना किसानले गाई दुहुने, गोठ सफा गर्ने र गाईको आहार व्यवस्थापन गर्दैआएका छन् । आठवटा दुहुना गाईबाट ८० लिटर दूध दुहिने गरेको ओम नुङ्गेली मगरले बताउनुभयो । 

पाँच जनाको समूहले सञ्चालन गरेको प्रगतिशील गाईपालन समूह अहिले जिल्लाकै पशुपालक किसानका लागि प्रेरणा बनेको छ । आधुनिक गोठ बनाएर गाईपालन शुरु गरेका यी पाँचमध्ये ओम नुङ्गेलीले दुग्ध व्यवसायमै भविष्य देखेर घरमा समेत चारवटा भैँसी पाल्नु भएको छ । 

कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको गाईपालन तथा दुग्ध उत्पादन उपआयोजनाको सहयोगमा सामूहिक र संस्थागत रुपमा गाईपालन शुरु गरेको सो समूहका अध्यक्ष दिलबहादुर किङ्रिङ मगरले बताउनुभयो । 

समूहले गर्भाधानका लागि दुईवटा हेलेस्टेन जातका उन्नत साँढे पनि आफ्नै गोठमा पालेको छ । साँढे गोठका आफ्ना गाईका अतिरिक्त छरछिमेकका किसानका घरपालुवा गाईमा पनि प्रजनन गराउने सुविधा दिने गरिएको छ । गाईको स्वास्थ्य जाँचपछिमात्र सो सुविधा दिने गरिएको किङ्रिङले बताउनुभयो । 

एक बिघा पाँच कट्ठा क्षेत्रफलभित्रको आधुनिक गोठ परिसरमै थरिथरिका घाँस खेती गरिएको छ । जिल्ला पशु सेवा कार्यालय महोत्तरीको सिफारिसमा लगाइएका डाले, लहरे र बन्से घाँस काटेर गोठअघि ल्याइनासाथ मेसिनले टुक्र्याएर गाईको आहार बनाइन्छ । अहिले दूधबाट दैनिक रु आठ हजार आम्दानी भइरहेको गोठ सम्भारमा संलग्न वीरेन्द्र महतो बताउनुहुन्छ । 

नगरपालिका क्षेत्रभित्र भए पनि ग्रामीण परिवेशको लटियानीमा किसानले सामूहिक रुपमा सञ्चालन गरेका आधुनिक गोठ र यहाँका गाई हेर्न टाढाटाढाबाट किसान आउने गरेका छन् । सो समूहले प्याक्टको रु ३४ लाख ९९ हजार अनुदान तथा आफ्नो रु ३६ लाख ४४ हजारको लागतमा गाईपालन व्यवसायमा शुरु गरेको हो । 

जिल्लामा परम्परागत रुपमा मात्र पशुपालन हुँदै आएको परिवेशमा लटियानीमा सञ्चालित सामूहिक र संस्थागत गाईपालन व्यवसाय जिल्लाकै लागि नमूना बनेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा जीवनकुमार सिंहले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला