Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि

२०८१, २५ पुष बिहीबार १७:५२

काठमाडौँ | कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पनि जोडिएकाले यो मुद्दामा धेरैको चासो छ ।

कास्की प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय रवि लामिछाने लगायतका अभियुक्त विरुद्ध ठगीका साथसाथै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाएको छ ।

उक्त मुद्दाको थुनछेक बहस कान्छा न्यायाधीश नीतिज राईको इजलासमा परेको थियो । जसअन्तर्गत पक्राउ परेर अदालतमा पेस भएका रवि सहितका अभियुक्तलाई सामान्य तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा अब आदेश आउने छ । अदालतले यही आदेशको तयारी गरिरहेको छ । सम्भवतः बिहीबारै आदेश आउने सम्भावना छ ।

यता रवि लामिछानेलाई अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन ।

किनभने रवि विरुद्ध अन्य चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । रुपन्देहीको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र विरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि सम्बन्धित जिल्लाका जिल्ला अदालतले रवि विरुद्ध प्रहरीलाई पक्राउ पुर्जी दिएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी ठगी प्रकरणको मुद्दा अदालत पुगिसकेको छ । जहाँ अब रविलाई थुनछेककै लागि अदालतमा पेस गर्नुपर्ने छ ।

अन्य ठाउँमा प्रहरी अनुसन्धान नै गरिरहेको छ । यसर्थ रवि बिहीबार कास्की अदालतको आदेशले छुटे पनि फेरी पक्राउ पर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै