Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो

२०८१, २६ पुष शुक्रबार १२:४९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुन्छ भनेपछि कांग्रेस-एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए । कांग्रेस-एमालेबीच संविधान संशोधन गर्नेलगायत सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीच भएको ७बुँदे सहमतिविपरीत संविधान संशोधन २०८७ सालमा मात्रै हुन्छ भनेर प्रतिक्रिया दिएपछि कांग्रेस असन्तुष्ट बनेको छ ।

कांग्रेस नेता रिजालले प्रधानमन्त्री ओलीले नै संविधान संशोधन २०८७ मा हुन्छ भनेपछि गठबन्धनको औचित्य समाप्त भएको आफूले बुझेको बताए । ‘सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि छ । संविधान संशोधन नगर्ने हो भने कांग्रेस-एमालेको लगभग दुईतिहाइको सरकारको काम छैन,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले नै २०८७ मा संविधान संशोधन हुन्छ भन्नुभयो । यो भनेको गठबन्धनको औचित्य समाप्त भयो भन्ने हो ।’

नेता रिजालले सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए । ‘सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्छ । अनि मात्रै आगामी चुनावमा लाग्नुपर्छ,’ उनले भने । रिजालले सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि कांग्रेस र एमाले अब किन एक ठाउँमा बस्नु पर्‍यो भन्ने प्रश्न गरे । ‘सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि अब कांग्रेस र एमाले किन एक ठाउँमा बसिरहनु पर्‍यो ?,’ उनले प्रश्न गरे ।

नेता रिजालले संविधान संशोधन अहिले हुँदैन भनेर प्रधानमन्त्री ओलीले अब गठबन्धनको औचित्य सकियो भन्ने सन्देश दिएको बताए । ‘ओलीजीले ०८७ मा संविधान संशोधन गर्ने भन्नुको अर्थ अब गठबन्धनको औचित्य छैन भन्ने सन्देश दिन खोज्नुभएको हो । मैले त्यहीँ रूपमा बुझेको छु,’ उनले भने,’मूल उद्देश नै पूरा गर्न नसकिने हो भने किन कांग्रेस एमालेसँगै बस्नुपर्‍यो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै