भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झ"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असिना र हावाहुरीले हुम्लाको फलफुलमा नोक्सानी

२०७५, १८ बैशाख मंगलवार ०६:१०

बैशाख १७ हुम्ला | हुम्लामा एक्कासी हावाहुरी सहित परेको असिना र पानीको कारणले फलफुलमा ठूलो नोक्सानी पारेको छ । 


भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झारे पछि हुम्लामा यस वर्ष फलफुल उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका सबैजसो भागमा परेको हावाहुरी सहित परेको पानी र असिना हुम्ली किसानको लागि अभिषाप भएको छ ।

जिल्लामा स्याउ, ओखर, चुली, खामु, आरु, आरुवखडा लगायतको फलफुलको बोटमा नोक्सानी पुर्याउँदा किसान चिन्तित बनेका छन् । नगद संकलनको एक मात्र खेती फलफुल भएको भएता पनि यस पटक धेरै कमाई नहुने संकेत गर्दै हुम्लाका किसानले आम्दानीमा ह्रास आउने समेत आँकलन गरेका छन् । 

हुम्लामा दाँते ओखरलाई प्रति गोटा ५ रुपैयाँ, स्याउको प्रति गोटा १० रुपैयाँमा विक्रि गरी मनग्ये आम्दानी लिने गरेको भएता पनि भरखरै दाना लाग्न नपाउँदै परेको असिना पानीले किसानको सपनामा तुसारापात ल्याएको छ । यस वर्ष गत वर्षको भन्दा केही समय ढिलो गरी बल्ल तल्ल स्याउ र अन्य फलफुलको फुल फुलेको भएता पनि दाना नलाग्दै फलफुलको फुल झारीदिए पछि किसान चिन्तित बनेका हुन् । 

फलफुल खेतीलाई जिल्ला भन्दा बाहिर निर्यात गर्नको लागि हवाई ढुवानी महँगो भएको कारण जिल्ला भित्रका उपभोक्तालाई विक्रि गरी घर खर्च र बालबालिकाको पठन पाठन टार्नको सहज भएको भएता पनि यस वर्ष के हुने हो भन्ने बारेमा चिन्ता व्यक्त गर्दै सिमिकोट ३ लाँदुका अगुवा किसान कार्साङ्गमु लामाले बताउनु भयो । यस पटक होम गार्डेनमा स्याउ फलाउनको लागि ५ सय बोट स्याउ थप गरी व्यवसायिक खेती गरेको भएता पनि हालैको मौसम प्रतिकुलताको कारण आफु अन्यौलमा रहेको अर्का किसान धन बहादुर लामाको रहेको छ । गत वर्ष फलफुलबाट नै ३ लाख कमाउन सफल भएको भएत पनि यस वर्ष आसा कम रहेको उहाँको छ । 

सर्केगाड गाउँपालिका उनापानीका किसान दिपक फडेरा आफुले गत वर्ष ३ लाख बराबरको आम्दानी गरेको बताउनु भयो । यस वर्ष बारीमा लगाएको आरु, स्याउको बोटमा क्षती भए पछि एक लाख पनि आम्दानी नहुनेमा शंका व्यक्त गर्नु भयो ।

हावा हुरी सहितको असिना पानीले जिल्लाका फलफुल खेती गर्ने किसानलाई करोडौंको नोक्सानी भएको छ । सात वटै गाउँपालिकामा किसानले आफ्नो उपभोग र विक्रि वितरणको लागि खेती गरेको फलफुलबाट आसा समेत मरेका स्थानिय किसानले बताउने गरेका छन् । 

उता वनमा संकलन गरिने गुच्ची च्याउ भने असिना र पानीको कारण उम्रने बेला भएकोमा केही आम्दानीको परिपुर्ति हुने देखिएको छ । ओसिलो ठाउँमा सल्ला र ठिगो प्रजातीको बोट मुनी उम्रने गुच्ची ध्च्याउ उह्रने बेलामा परेको पनाी र असिनाले यसलाई राम्रो वातावरण बनाएको छ । आगलागी भएको, ओसलिो ठाउँमा पाईने गुच्ची च्याउलाई हुम्लामा प्रति किलो ५० हजार मुल्यमा खरिद विक्रि हुने गरेको छ । पौष्टिक तरकारी र शक्तिवर्धक तरकारी बालीको रुपमा लिईने गुच्ची च्याउबाट यस पटक किसानले राम्रो आम्दानी लिन सक्ने किसानको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै