२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

१ जेष्ठ २०७५, मंगलवार १०:०५

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ । 

जिल्लामा उत्पादन हुने स्थानिय बालिमा लुकिछिपि बढ्दो बिषाधि प्रयोग र आयातित बिषधि युक्त तरकारी, फलफुल, माछामासु तथा अन्नबालिहरुले रोगको संक्रमण बढ्नसक्ने भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।

कर्णाली खाद्य तथा कृषि सरोकार समुह जुम्लाको सम्पन्न भएको बैठकका सहभागिले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । उनिहरुले जिल्लामा उत्पादन हुने हरेक अर्गानिक बस्तुको उत्पादनमा बृद्धि गरी बजारको माग पुर्ति गर्न सबै निकाय लागिपर्नु पर्ने बताएका छन् । 

जिल्लामा आयातित कृषि  तथा खाद्य सामाग्रिहरु बिषाधियुक्त रहेको भन्दै जिल्लामा उत्पादन हुने कृषि उपज बिषाधि रहित उत्पादन गरी स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बैठकका सहभागिको सुझाब छ । बैठकमा बोल्दै कर्णाली खाद्य तथा कृषि सरोकार समुहका संयोजक धनबहादुर गौतमले जिल्लामा उत्पादन हुने स्थानिय बालि लोप हुदै जानु र बिषाधि प्रयोगले अर्गानिक जिल्लाको बदनाम हुदै गएको तर्क गरे ।    

‘अर्गानिक जिल्ला घोषणामा मात्र सिमित छ, यसका मापदण्ड कार्यान्वयनमा छैनन् । नियमन निकायले प्रभावकारी भुमिका खेल्नुपर्छ’ उनले भने, ‘देशभर अर्गानिक कृषि उपजको माग बढिरहेका बेला यँहा उत्पादित कृषि उपजमा लुकिछिपि रसायान प्रयोग बढ्दै गएको छ । यसले मानव र पशुपंक्षी सबैको स्वास्थ्यमा दिर्घकालिन असर पर्छ ।’  

बैठकमा सहभागि सरोकारवाला निकायहरुले बजारमा पाईने कृषि उपजहरु बिषाधि मुक्त छन् या छैनन्, भनेर छुट्याउने कुनै मापदण्ड नभएकाले अस्वस्थ खानपान शैलि बढिरहेको बताएका थिए । बैठकमा कृषि अभियान्ता कृष्ण पौडेलले जुम्लाको अर्गानिक कृषि बालि उत्पादनमा जोड दिनसके कृषकको जिविकोपार्जन मात्र नभई आर्थिक समृद्धिको माध्ययम बन्ने बताए । ‘यँहाको अर्गानिक कृषि उत्पादनको विश्व बजारमा माग छ । उत्पादन बृद्धि गर्न कृषक र स्थानिय तहले जोड दिनुपर्छ । ब्यवसायीक कृषि उत्पादनमा जोड दिनसके युवाहरु विदेशिनु पर्दैन, उनले भने ।’  

यहाँको स्थानिय रैथानेबालि खानको लागि मात्र नभई औषधिको रुपमा पनि प्रयोग भैरहेको उनको भनाई छ । बिषधियुक्त खानेकुराले मानिसहरुमा मधुमेह, क्यान्सर, उच्च रत्तचाप लगाएतका विभिन्न रोगको समस्या देखिएकाले बिषधि रहित कृषि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य