२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोल्पामा स्याउ उत्पादन घट्ने

२०७५, १६ जेष्ठ बुधबार ११:०६

रामचन्द्र न्यौपाने/जेठ १६ डोल्पा | हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । 

दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् । 

आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउलालगायतका स्थानमा स्याउको व्यावसायिक खेती गरिएको छ । 

यस वर्ष चैत अन्तिममा परेको असिनापानीले जिल्लाका अधिकांश स्थानमा लगाइएको स्याउको फूल नष्ट पारेको कृषकले बताए । “स्याउका बोट फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झार्यो, झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीले नष्ट पार्यो”, ठूलीभेरी नगरपालिका–७ जुफालका जितबहादुर शाहीले भन्नुभयो । 

“मेरो २०० रुख स्याउको छ, हावाहुरी र असिनापानीले अधिकांश रुखको फूल र फल नष्ट पार्यो, अघिल्लो वर्षभन्दा यसवर्ष ७० प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ”, उहाँले भन्नुभयो । गत वर्ष शाहीले रु एक लाखको स्याउ बिक्री गर्नुभएको थियो । 

यस वर्ष रु ३० हजारको बिक्री गर्न पनि मुस्किल हुने उहाँको भनाइ छ । 

डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छ । त्रिपुरा सुन्दरी नगरपालिका– ३ जिँउ गाउँका कृषक रञ्जित बोहोराको ३०० रुखमा असिनापानी र हावाहुरीले क्षति पुर्याएको छ । उहाँले गत वर्ष १० क्विन्टल स्याउ उत्पादन गर्नुभएको थियो । 

“पाँच क्विन्टल मुस्किलले बिक्री गरेँ, बिक्रीका लागि बजार नहुँदा आधा निःशुल्क बाँडे, आधा घरमै कुहियो”, उहाँले भन्नुभयो । यस वर्ष रु बीस हजारबराबरको स्याउ पनि उत्पादन नहुने देखिएको उहाँको भनाइ छ । हावाहुरी र असिनापानीले सबै नष्ट पारेपछि बोहोराले क्षतिपूर्तिका लागि नगरपालिका र जिल्ला कृषि कार्यालयमा निवेदन दिनुभएको छ । 

“स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ”, उहाँले भन्नुभयो । 

डोल्पामा शिखर इन्स्योरेन्सले फलफूल बीमा कार्यक्रम लागू गरेको छ । गत वर्षमात्रै असिनापानी र हावाहुरीका कारण स्याउखेती नष्ट हुँदा पीडित बनेका कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएको थियो । अहिले जिँउ गाउँमा मात्रै ६० जनाभन्दा धेरैले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दैआएका छन् । बजार अभावमा वर्षेनी लाखौँ मूल्यबराबरको स्याउ घरमै कुहिने गर्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो