४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोल्पामा स्याउ उत्पादन घट्ने

१६ जेष्ठ २०७५, बुधबार ११:०६

रामचन्द्र न्यौपाने/जेठ १६ डोल्पा | हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । 

दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् । 

आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउलालगायतका स्थानमा स्याउको व्यावसायिक खेती गरिएको छ । 

यस वर्ष चैत अन्तिममा परेको असिनापानीले जिल्लाका अधिकांश स्थानमा लगाइएको स्याउको फूल नष्ट पारेको कृषकले बताए । “स्याउका बोट फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झार्यो, झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीले नष्ट पार्यो”, ठूलीभेरी नगरपालिका–७ जुफालका जितबहादुर शाहीले भन्नुभयो । 

“मेरो २०० रुख स्याउको छ, हावाहुरी र असिनापानीले अधिकांश रुखको फूल र फल नष्ट पार्यो, अघिल्लो वर्षभन्दा यसवर्ष ७० प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ”, उहाँले भन्नुभयो । गत वर्ष शाहीले रु एक लाखको स्याउ बिक्री गर्नुभएको थियो । 

यस वर्ष रु ३० हजारको बिक्री गर्न पनि मुस्किल हुने उहाँको भनाइ छ । 

डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छ । त्रिपुरा सुन्दरी नगरपालिका– ३ जिँउ गाउँका कृषक रञ्जित बोहोराको ३०० रुखमा असिनापानी र हावाहुरीले क्षति पुर्याएको छ । उहाँले गत वर्ष १० क्विन्टल स्याउ उत्पादन गर्नुभएको थियो । 

“पाँच क्विन्टल मुस्किलले बिक्री गरेँ, बिक्रीका लागि बजार नहुँदा आधा निःशुल्क बाँडे, आधा घरमै कुहियो”, उहाँले भन्नुभयो । यस वर्ष रु बीस हजारबराबरको स्याउ पनि उत्पादन नहुने देखिएको उहाँको भनाइ छ । हावाहुरी र असिनापानीले सबै नष्ट पारेपछि बोहोराले क्षतिपूर्तिका लागि नगरपालिका र जिल्ला कृषि कार्यालयमा निवेदन दिनुभएको छ । 

“स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ”, उहाँले भन्नुभयो । 

डोल्पामा शिखर इन्स्योरेन्सले फलफूल बीमा कार्यक्रम लागू गरेको छ । गत वर्षमात्रै असिनापानी र हावाहुरीका कारण स्याउखेती नष्ट हुँदा पीडित बनेका कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएको थियो । अहिले जिँउ गाउँमा मात्रै ६० जनाभन्दा धेरैले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दैआएका छन् । बजार अभावमा वर्षेनी लाखौँ मूल्यबराबरको स्याउ घरमै कुहिने गर्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता