२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा जिल्ला कृषि विकास कार्यालयबाट सात जातका बीउ सिफारिस

२० जेष्ठ २०७५, आईतवार ११:३१

जेठ २० दाङ | जिल्ला कृषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ । 

कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् । 

कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती धानको बीउको मूल्य प्रतिकिलो रु २४ देखि रु २७ सम्म तोकेको छ । यसरी सिफारिस गरिएको बीउ कृषि कार्यालयले अनुदानमा कृषकलाई वितरण गरेको छ । 

कार्यालयले अनुदानमा करीब १४ टन बीउ वितरण गरेको कार्यालयका बाली विकाश अधिकृत सुमन खनालले जानकरी दिनुभयो । 

त्यस्तै तुलसीपुर, घोराही, लमही क्षेत्र र गाउँपालिका अन्तर्गतका कार्यालयबाट पनि धानको बीउ कृषकलई वितरण गरिएकोछ । कार्यालयले आधा मूल्यमा धानको बीउ उपब्लध गराएको छ । जिल्लामा ५७ हजार हेक्टरमा धानखेती हँुदै आएको छ । 

त्यस्तै कार्यालयले अन्य किसानलाई भने सूचीकृत भएका धानको बीउ मात्र प्रयोग गर्न आग्रह गरेकोछ । हाइब्रेट र उन्नत जातका धानको बीउबीजन खरिद गर्दा कृषि मन्त्रालयअन्तर्गत बीउबिजन गुणस्तर नियन्त्रण शाखाले विभिन्न धानको बीउ सूचीकृत गरेको र सोही बीउ मात्र प्रयोग गर्न आग्रह गरेको हो । 

कार्यालयले यस क्षेत्रमा बीउबिजन बिक्रीका लागि अनुमति पाएका व्यवसायीलाई तालीमको आयोजना गरेर विभिन्न जानकारी दिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ