२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा जिल्ला कृषि विकास कार्यालयबाट सात जातका बीउ सिफारिस

२०७५, २० जेष्ठ आईतवार ११:३१

जेठ २० दाङ | जिल्ला कृषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ । 

कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् । 

कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती धानको बीउको मूल्य प्रतिकिलो रु २४ देखि रु २७ सम्म तोकेको छ । यसरी सिफारिस गरिएको बीउ कृषि कार्यालयले अनुदानमा कृषकलाई वितरण गरेको छ । 

कार्यालयले अनुदानमा करीब १४ टन बीउ वितरण गरेको कार्यालयका बाली विकाश अधिकृत सुमन खनालले जानकरी दिनुभयो । 

त्यस्तै तुलसीपुर, घोराही, लमही क्षेत्र र गाउँपालिका अन्तर्गतका कार्यालयबाट पनि धानको बीउ कृषकलई वितरण गरिएकोछ । कार्यालयले आधा मूल्यमा धानको बीउ उपब्लध गराएको छ । जिल्लामा ५७ हजार हेक्टरमा धानखेती हँुदै आएको छ । 

त्यस्तै कार्यालयले अन्य किसानलाई भने सूचीकृत भएका धानको बीउ मात्र प्रयोग गर्न आग्रह गरेकोछ । हाइब्रेट र उन्नत जातका धानको बीउबीजन खरिद गर्दा कृषि मन्त्रालयअन्तर्गत बीउबिजन गुणस्तर नियन्त्रण शाखाले विभिन्न धानको बीउ सूचीकृत गरेको र सोही बीउ मात्र प्रयोग गर्न आग्रह गरेको हो । 

कार्यालयले यस क्षेत्रमा बीउबिजन बिक्रीका लागि अनुमति पाएका व्यवसायीलाई तालीमको आयोजना गरेर विभिन्न जानकारी दिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै