४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

त्रिभुवन माविमा धानै रोपेर मनाइयो विश्व धान दिवस

१६ असार २०७५, शनिबार ०३:४०

कमल पौडेल | असार १५, बाग्लुङ | असार १५, विश्व धान दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङले धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ। कृषि वालि विज्ञान तर्फका विद्यार्थीहरुको सहभागितामा झण्डै ४ रोपनी क्षेत्रमा धान रोपाई गरिएको हो । सो कार्यक्रममा चार थरी धानको विउ रोपिएको कृषि प्रशिक्षक कमल न्यौपानेले जानकारी दिनुभएको छ। 

प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवसको वारेमा सचेतना अभिवृद्धि गर्न रोपाई कार्यक्रम नै संचालन गरिएको अर्का कृषि प्रशिक्षक प्रशान्त खरेलले वताउनु भयो। धान रोपाई संगै दहि चिउरा खाएर असार १५ मनाइएको छ। विद्यार्थीहरुवाट दहि संकलन गरिएको र दहि चिउरा खाने व्यावस्था गरिएको सहायक कृषि प्रशिक्षक अनुपम थापाले जानकारी दिनुभयो। विद्यालयकै कार्यक्रमवाट धान रोपाई गर्न पुगेका विद्यार्थीहरु निकै खुसि देखिएका थिए। 

विहान १० वजे देखि साँझ ५ वजे सम्म विद्यार्थीहरुले रोपाई कार्य गरेका थिए। वालिविज्ञान तर्फ कक्षा ९ र १० का ८० जना विद्यार्थी सो कार्यक्रममा संलग्न भएको विद्यालयले जनाएको छ। नमुना विद्यालयमा छनौट भएको त्रिभुवन मावि खर्वाङमा गत वर्षदेखि कृषि वालिविज्ञान विषयमा पढाई हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता