२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुग्ध उत्पादक कृषकलाई अनुदान

२७ असार २०७५, बुधबार ०५:४०

असार २७, चितवन | भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । 

महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका कृषकलाई अनुदान दिइएको हो । 

उहाँका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो । 

कार्यालयले रु १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ । 

आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य