2026-09-16 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा दश लाख रुपैयाँको आँप बिक्री

असार ३०, उदयपुर | उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । 
स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहेका छन् । 
यस क्षेत्रमा उत्पादन हुने आँप सप्तरीको फत्तेपुर, चौदण्डीको बेल्टार, जिल्लाको सदरमुकाम गाईघाट रसुनसरीको धरान बजारमा बिक्री हुने गरेको आँप उत्पादक कृषक बताउँछन् । 
जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार चौदण्डीको हँडिया, सुन्दरपुर, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा व्यावसायिकरुपमा आँप उत्पादन हुने गरेका छन् । 
अन्यमा कटारी नगरपालिकाको त्रिवेणी र रिस्कु क्षेत्रसहितका क्षेत्र अहिले जिल्लाकै आँप उत्पादन पकेट क्षेत्र रहेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुर बताउनुहुन्छ । 
यस क्षेत्रमा बम्बई, कलकतिया, मालदह, कृष्णभोग र आम्रपाली जातका आँप उत्पादन हुने गरेको बाली विकास अधिकृत ठाकुरले जानकारी दिनुभयो । 
जिल्लामा यस वर्ष रु एक करोडभन्दा बढीको आँप बिक्री हुने अनुमाने जिल्ला कृषि विकास कार्यालयको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल