२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा धान रोपेको १ महिना नबित्दै ब्लाष्ट र गबारोको संक्रमण

२२ श्रावण २०७५, मंगलवार १२:१२

साउन २२, तुलसीपुर | यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेको छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् । 

कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्दै उपचारका लागि धानको बोट लिएर कृषि सेवा केन्द्रमा आउनुभएकी तुलसीपुर–६ की किसान कल्पना चौधरीले यहाँका धेरै किसानका धानमा यस्तो देखिएको छ भन्नुभयो । 

धानमा रोग देखा परेपछि दिनहुँ किसान बजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् । 

पश्चिम दाङका बाघमारे, शान्तिनगर, पवननगर, फूलबारी गोलटाकुरी, हलवार, मानपुर, टरिगाउँ, डुरुवाका विभिन्न वडाबाट किसान कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् । 

धेरैजसो किसानका धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको बताउनुभयो 

धेरैजसो हाइब्रेड जातको युएस ३१२ धानमा यो रोग देखा परेको छ । “दैनिक आठ÷दश किसान कार्यालयमा आउँछन्, समस्या लिएर रोगको नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौँ”,उहाँले भन्नुभयो । 

धुलेब्याड राखेका स्थानका धानमा बढी रोग देखिएकाले किसानलाई आगामी वर्ष हिलेब्याड राख्न सल्लाह दिएको प्रमुख केसीले बताउनुभयो । तुलसीपुरस्थित एग्रीनेपाल प्रालिमा पनि दैनिक ३०जनासम्मले धानको बोट बोकेर आउने गरेको कृषि प्राविधिक माधव केसीले जानकारी दिनुभयो । 

ब्लाट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरीफष्ट’ वा साइपरमेथ्रीन साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ