२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा १ दिने अदुवा प्रशोधन तालिम सम्पन्न (हेर्नुस् १० तस्वीर)

२०७५, १ भाद्र शुक्रबार १३:०३

भदौ १, नुवाकोट | नुवाकोटको सातबिसेमा एक दिने अदुवा प्रशोधन तालिम सम्पन्न भएको छ |  

अदुवाको मूल्य अभिवृद्धि गराउने तथा अदुवा उत्पादकको जीविकोपार्जनमा सुधार ल्याउने र स्वच्छ व्यवसायको प्रवर्दन गर्ने उदेश्यका साथ उक्त प्रशिक्षण आयोजना भएको थियो |  उक्त प्रशिक्षणमा महारुद्र महादेव अदुवा प्रसोधन केन्द्रका १२ सदस्य सहभागी भएका  थिए |  स्वच्छ व्यवसायी समूह नेपालको आयोजना तथा अक्सफार्म नुवाकोटको आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको छ | अदुवा प्रसोधनको प्रशिक्षण अन्नुपूर्ण अदुवा प्रशोधन केन्द्र कपिलवस्तुका सहायक व्यवस्थापक पशुपति खनालले दिएका थिए | 


तालिममा अक्सफार्म नुवाकोटका संयोजक निरज थारु, अक्सफार्म काठमाण्डौका कार्यक्रम अधिकृत धुर्व थपलिया, स्वच्छ व्यवसायी समूह नेपालका समुह नेता सुनिल आचार्य लगाएतका अथितिहरुको उपस्थिति रहेको थियो | 

यस अघि स्वच्छ व्यवसायी समूह नेपालले महारुद्र महादेव अदुवा प्रसोधन केन्द्रलाई अदुवा प्रसोधन गर्ने आधुनिक उपकरणहरु वितरण गरेको थियो | सोहि उपकरणहरुको प्रयोग सम्बधि उक्त प्रशिक्षण केन्द्रित रहेको थियो | महारुद्र महादेव अदुवा प्रसोधन केन्द्र नुवाकोट पहिलो र नमुना केन्द्र हो | उक्त प्रशोधन केन्द्रका संयोजक माधव अधिकारी रहेका छन् | संयोजक अधिकारीले सिप, प्रविधि तथा उपकरणका साथै पुँजीको समेत सहयोग प्रदान गरेकाले सो संस्थाप्रति हार्दिक आभार प्रकट गरेका छन् | स्वच्छ व्यवसायी समूह नेपालले व्यावसायिक परामर्श नियमित रुपमा प्रदान गर्ने तथा उद्योग संचालनमा समेत सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै