२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्यो कृषि चुन

७ आश्विन २०७५, आईतवार १०:०२

असोज ७, सल्यान । परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारि दिएको छ । पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागी ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि गराएका छन् । कृषि चुन खरिद गरि किसानको २५ प्रतिशत लागत सहभागीतामा ५ सय ४५ क्विन्टल कृषि चुन कृषि शाखा मार्फत वितरण भएको हो । अझै किसानले चुनको माग गरिरहेको कृषि शाकाका प्रमुख पदम तिमिल्सीनाले जनाए ।


पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारिको माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण शिविर सञ्चालन गर्दै आएको छ । र यसक्रममा माटो विग्रदै गएको पाइएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि सल्यानका  किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सीनाको भनाइ छ । माटोको अवस्था हेरेर एक रोपनि जमिनमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्नुपर्ने उनले जनाए ।

रासायनीक मल तथा विषादीको प्रयोग, बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गइ उर्वराशक्तिमा ह्रास आउने कृषि शाखाले जनाएको छ । माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै कपुरकोट गाउँपालिकाले यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य