२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पश्चिम दाङमा तोरी क्षेत्रको योजना

२०७५, ११ आश्विन बिहीबार १०:२०

असोज ११, घोराही | जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । 

कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पश्चिम दाङका शान्तिनगर, बबइ र दङ्गीशरण गाउँपालिकालाई तोरी क्षेत्रका रुपमा विस्तार गर्न लागेको हो । 

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले पश्चिम दाङका तीनवटै गाउँपालिकाका वडा तोरीका लागि उर्बर मानिन्छन् । परम्परागतरुपमा हँुदै आएको तोरी उत्पादनलाई आधुनिकीकरण गरी उत्पादन क्षमतालाई वृद्धि गरी जिल्लालाई तोरीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको शर्माले बताउनुभयो । “पश्चिम दाङ तोरी उत्पादनका लागि उर्बर भूमी हो,” उहाँले भन्नुभयो, “रोजगारको सम्भावनासमेत बढ्छ ।” 

विभिन्न कृषि समूह, सहकारी एवं स्थानीय कृषकको सूची तयार गरी सोहीअनुरुप बीउ वितरण गरिने कार्यालयले जनाएको छ । सामान्यतया कुनै क्षेत्रलाई क्षेत्रका रुपमा विस्तार गर्न थालेपछि त्यस क्षेत्रमा सडकको पहुँच, सिँचाइको उपलब्धता, तोकिएको क्षेत्र एउटै कोरिडोरमा रहेको, वित्तीय संस्थाको पहँुच तथा बजारको उपलब्धता भएको हुनुपर्छ । सोहीअनुरुप सिँचाइ मन्त्रालय, सडक विभाग, स्थानीय बजार, कृषक, स्थानीय निकाय सबैसँग समन्वय गरी अगाडि बढ्ने शर्माको भनाइ छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुगमन योजना अधिकृत गोविन्दप्रसाद शर्माले तोरी क्षेत्र विस्तारका लागि सरकारले फरकफरक खालका उन्नत जातका तोरीका बीउ वितरण गर्दै आएको बताउनुभयो । “तेलहन बाली सधैँ विदेशबाट आयात गरिन्छ,” उहाँले भन्नुभयो, “यसलाई रोक्न सरकारले तोरी उत्पादनमा मात्रै नभई बजारीकरण, भण्डारण र प्रशोधनको कार्यक्रम अगाडि सारेको हो ।” सरकारको १० वर्षभित्र दाङलाई तोरीमा आत्मनिर्भर बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई