५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अर्गानीक खेती गर्ने कृषकलाई पुरस्कृत गर्छौं: मन्त्री केशी

१४ आश्विन २०७५, आईतवार १५:१२

मिना खड्का | असोज १४, सल्यान । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले गर्वका साथ किसान हुँ भन्न सक्नुपर्ने बताएकी छन् । उनले कृषि पेशालाई अपहेलित गरेको भन्दै यसलाई सम्मानित पेसा बनाउनु पर्ने बताएकी हुन् ।

सल्यानमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गर्दै मन्त्री केशीले कर्णाली प्रदेशमा उत्कृष्ट किसानहरु छानेर सम्मान स्वरुप पुरुस्कार दिने उनले बताइन् । किसानलाई सरकारले दिने अनुदान रकम संबन्धित किसानले नपाएर किसानको नाटक गर्नेहरुले मात्रै पाएको भन्दै उनले यसतर्फ कर्मचारीलाई सचेत हुन निर्देशन दिइन् । अबको रोजगार किसान बाहेक अरु रोजगार दिन नसकिने भन्दै उनले कृषि वस्तु बजारीकरणको लागी कर्णाली प्रदेशले थुप्रै रकम छुट्याएको र त्यसलाई कार्यान्वयन गर्ने बताइन् । 


उद्घाटन कार्यक्रममा पुगेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशकै सबैभन्दा धेरै कृषि संभावनाको जिल्ला सल्यान भएको बताए । उनले गाउँमा अहिले धेरैजसो कृषिको माग आएको बताए । किसानको लागी उचित व्यवस्था र पहलकदमी कर्णाली प्रदेशले गर्ने उनको भनाई छ । किसानका लागी प्रदेश सरकारले धेरै योजना ल्याएको भन्दै कृषितर्फ आकर्षित हुन उनले आग्रह गरे । 

कार्यक्रममा बोल्दै दैलेख जिल्लाबाट निर्वाचित प्रदेश सांसद अम्मरबहादुर थापाले युवाहरु विदेशमा ट्वाइलेट सफा गर्न तयार हुने तर नेपालमा कृषि पेसा गर्न लजाउने गरेको बताए । अब बाँझो जग्गा कसैलाई नराख्न आग्रह गरे थापाले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणको लागी कर्णाली प्रदेशले योजना बनाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह