2026-09-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

इस्कुस बिक्रीबाट आम्दानी

असोज २०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् । 

भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासी हीराबहादुर मगरले एक महिनाभित्रै रु ६० हजारबराबरको इस्कुस बिक्री गरिसकेको मगर बताउनुहुनछ । त्रियुगा नगरपालिका–१४ साउनेका रेखबहादुर सिंजाली मगरले पनि भदौको दोस्रो हप्तादेखि आफूले उत्पादित ्इस्कुस बिक्री गरेर अहिलेसम्ममा रु ४० हजार बराबरको इस्कुस बिक्री गरिसकेको रेखबहादुर बताउनुहुन्छ । 

रेखबहादुर भन्नुहुन्छ,“ दशैँं तिहार जस्तो चाड नजिकै आउँदै छ, यही इस्कुस बिक्री गरेर आफूले दशैँंैं खर्च व्यवस्थापन गर्नुपर्ने र घरका नानीको लागि केही पढाइ खर्च धान्नुपर्ने बाध्यता रहेको छ, इस्कुस उत्पादनसँगै अहिले बिक्री शुरु भएर राम्रो आम्दानी हुन थालेका कारण दशैँं खर्च र नानीको पढाइ खर्च धान्ने योजनामा छु ।” 

वर्षेनी इस्कुस उत्पादनबाट राम्रो आर्थिक आम्दानी गरेर घरखर्च धान्दै आएका यस क्षेत्रका कृषकले यसपटक पनि दशैँं नजिकै आउन लागेसँगै इस्कुस बिक्री पनि बढ्दै गएका कारण बिक्रीबाट दशैँं तिहारको खर्च धान्ने पक्षमा आफू रहेको इस्कुुस उत्पादक कृषक बताउनुहुन्छ् । 

यसक्षेत्रको भौगोलिक बनावट नै पाखा भिरालो जग्गा रहेको र अन्य अन्नबाली धेरै उत्पादन नभए पनि जिल्लाको रौता क्षेत्र, साउने खाँबु क्षेत्र परिचित हुँदै आएको खाँबु डहरका शिक्षक जीतमान राई बताउनुहुन्छ । यहाँ उत्पादन हुने इस्कुस अहिले जिल्लाको सदरमुकाम गाईघाट हुँदै सिरहाको लहान, सप्तरीको राजविराज, सिरहा बजारसम्म पैठारी हुने गरेको रौता चिसापानीका शिवप्रसाद काफ्लेको भनाइ छ । 

यातायातको सुविधा गाउँ–गाउँसम्म पुगेपछि इस्कुस खरीद गर्न सिरहा, सप्तरी जिल्लाको सदमुकाम गाईघाटदेखि तरकारी व्यापारी गाउँको घर–घर गाडी लिएर आउने गरेपछि अहिले यस क्षेत्रमा उत्पादित इस्कुसले बिक्रीको लागि राम्रो बजार पाएको रौता बोलुङखाका हर्कशेर राई बताउनुहुन्छ । 

खाँबुका खम्बबहादुर मगरका अनुसार यस क्षेत्रमा अहिले सेतो इस्कुस, ठूलो काँढे इस्कुस र साना घरेलु प्रजातिका इस्कुस उत्पादन हुँदै आएका छन् । गाउँमा सडक पुग्नु, इस्कुसको उत्पादन राम्रो हुनु र इस्कुसले राम्रो बजार पाउने गरेका कारण यस क्षेत्रका कृषकले इस्कुस बिक्रीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्ने गरेको स्वयं इस्कुस उत्पादक कृषक बताउँछन् । 

अहिले इस्कुसको उत्पादन पछि बिक्रीको सिजन शुरु भएसँगै यसक्षेत्रका इस्कुस उत्पादक कृषकले इस्कुस बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन समेत शुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल