२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पल्टारमा कृषि उपज संकलन केन्द्रको कार्यक्रम: कृषक उत्साहित

२०७५, २१ आश्विन आईतवार ०३:२४

कमल पौडेल | असोज २१, गुल्मी | लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका वडा नं. ७ ले पल्टारमा संचालनमा ल्याएको कृषि उपज संकलन केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

सो केन्द्रको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले नगरको प्रमुख आय श्रोत कृषि नै भएको र व्यावसायिक कृषि मार्फत रोजगारी सिर्जना गर्दै आयात मा निर्भर खाद्य प्रणलीलाई निर्यात मुखि वनाउनु पर्ने वताउनु भएको छ ।

शर्माले कृषकले उत्पादन गरेको उपजको वजार ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै ढुक्क भएर कृषीमा लगानी गर्न र उत्पादन वृद्धि गर्न सवै कृषकहरुलाई आग्रह समेत गर्नुभएको छ। कुनै पनि कृषकले उत्पादन गरेको उपजले वजार नपाए तत्काल खवर गर्न अनुरोध गर्दै उपमेयर शर्माले नगरपालिकाले कृषक प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिरहेको र हरेक कृषकलाई अनुदानको व्यावस्था गरेको जानकारी दिनुभएको थियो ।


कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य सत्या जिसि, कृषि अधिकृत प्रतिक्षा रेग्मी, वडा सदस्य विष्णु राना, समाजसेविहरु गोपिकृष्ण खरेल, कृष्ण प्रसाद सापकोटा, महेश्वर घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सहकारीका पूर्व उपाध्यक्ष सुमित्रा छन्त्यालको अध्यक्षता, कोषाध्यक्ष कमला खरेलको स्वागत मन्तव्य तथा अध्यक्ष यमुना घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

 वामीमा कृषि उपज संकलन केन्द्रको संचालन संगै कृषकहरु उत्साहित भएको र आफु पनि वैदेशिक रोजगारी छोडी पशुपालन तर्फ लागेको मुसिकोट नगरपालिका वडा नं. २ का हरी वहादुर खत्रिले वताउनु भयो। उता संकलन केन्द्र संचालक काशिनाथ अर्यालले विस्तारै तरकारी संकलन केन्द्रमा वढि रहेको र भविश्यमा राम्रो हुने संकेत देखिएको वताउनु भएको छ ।


सहकारीले कृषकहरुलाई प्रोत्साहित गर्दै सामुहिक खेति, कुटानी पिसानी मिल, संकलन केन्द्र लगाएतका कार्यक्रम संचालन गर्दै आएको छ ।

झण्डै एक महिना अगाडिवाट सुरु भएको संकलन केन्द्रमा मुसिकोट नगरपालिका वडा नं. १, २, ७, ८, ९ तथा बडिगाड गाउँपालिकाको वडा नं. १, २, र ३ वाट कृषकहरुले कृषि उपजको विक्रि गर्ने गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै