२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पल्टारमा कृषि उपज संकलन केन्द्रको कार्यक्रम: कृषक उत्साहित

२१ आश्विन २०७५, आईतवार ०३:२४

कमल पौडेल | असोज २१, गुल्मी | लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका वडा नं. ७ ले पल्टारमा संचालनमा ल्याएको कृषि उपज संकलन केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

सो केन्द्रको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले नगरको प्रमुख आय श्रोत कृषि नै भएको र व्यावसायिक कृषि मार्फत रोजगारी सिर्जना गर्दै आयात मा निर्भर खाद्य प्रणलीलाई निर्यात मुखि वनाउनु पर्ने वताउनु भएको छ ।

शर्माले कृषकले उत्पादन गरेको उपजको वजार ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै ढुक्क भएर कृषीमा लगानी गर्न र उत्पादन वृद्धि गर्न सवै कृषकहरुलाई आग्रह समेत गर्नुभएको छ। कुनै पनि कृषकले उत्पादन गरेको उपजले वजार नपाए तत्काल खवर गर्न अनुरोध गर्दै उपमेयर शर्माले नगरपालिकाले कृषक प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिरहेको र हरेक कृषकलाई अनुदानको व्यावस्था गरेको जानकारी दिनुभएको थियो ।


कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य सत्या जिसि, कृषि अधिकृत प्रतिक्षा रेग्मी, वडा सदस्य विष्णु राना, समाजसेविहरु गोपिकृष्ण खरेल, कृष्ण प्रसाद सापकोटा, महेश्वर घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सहकारीका पूर्व उपाध्यक्ष सुमित्रा छन्त्यालको अध्यक्षता, कोषाध्यक्ष कमला खरेलको स्वागत मन्तव्य तथा अध्यक्ष यमुना घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

 वामीमा कृषि उपज संकलन केन्द्रको संचालन संगै कृषकहरु उत्साहित भएको र आफु पनि वैदेशिक रोजगारी छोडी पशुपालन तर्फ लागेको मुसिकोट नगरपालिका वडा नं. २ का हरी वहादुर खत्रिले वताउनु भयो। उता संकलन केन्द्र संचालक काशिनाथ अर्यालले विस्तारै तरकारी संकलन केन्द्रमा वढि रहेको र भविश्यमा राम्रो हुने संकेत देखिएको वताउनु भएको छ ।


सहकारीले कृषकहरुलाई प्रोत्साहित गर्दै सामुहिक खेति, कुटानी पिसानी मिल, संकलन केन्द्र लगाएतका कार्यक्रम संचालन गर्दै आएको छ ।

झण्डै एक महिना अगाडिवाट सुरु भएको संकलन केन्द्रमा मुसिकोट नगरपालिका वडा नं. १, २, ७, ८, ९ तथा बडिगाड गाउँपालिकाको वडा नं. १, २, र ३ वाट कृषकहरुले कृषि उपजको विक्रि गर्ने गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य