२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा तेह्र सय हेक्टरमा हिउँदे मकै खेती गरिने

२३ आश्विन २०७५, मंगलवार ०७:२५

असोज २३, तुलसीपुर | जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । 

अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमही दाङले जनाएको छ । कार्यालयका कृषि अधिकृत पीताम्बर बस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्ती गाउँपालिकामा हिउँदे मकै रोपी सकिएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा हिउँदे मकै खेतीको तयारी थालिएको उहाँले बताउनुभयो । परियोजनाले चालू आवदेखि गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्रम विस्तार गरेको हो । 

जिल्लामा मकै उत्पादन बढाएर आयातलाई रोक्ने लक्ष्यसाथ परियोजनाले काम गरी रहेको अधिकृत बस्नेतले बताउनुभयो । वसन्त तथा हिउँदको समयमा मकैको उत्पादनमा समेत तीन गुणा बढ्ने उहाँको भनाइ थियो । उत्पादनमा वृद्धि हुने भएपछि यो खेतीमा कृषक आकर्षित भएका छन् । 

यो समयमा हरियो मकैसमेत सहजरुपमा बिक्री हुने गरेको छ जुन अन्य समयमा भन्दा महँगो पर्छ । एक कट्ठामा करीब दुई हजार २०० घोगा मकै हुने गरेको बस्नेतले बताउनुभयो । जिल्लामा तीन बाली मकै खेती गरिने परियोजनाले जनाएको छ । परियोजनाले उत्पादनको आधारमा कृषकलाई अनुदानसमेत दिने गरेको छ । कृषकलाई प्रविधिको प्रयोग गरी खेती गरेमा प्रतिहेक्टर रु १० हजारका दरले रकमसमेत दिने गरेको छ । 

अहिले खेती गर्नको लागि जनशक्ति नहँुदा खेतीयोग्य जमीन बाँझो राख्ने गरिएको छ । परियोजनाले मशिन खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । मकै खेती गरेको स्थानमा सहजरुपमा सिँचाइको सुविधा नभएको स्थानका लागि सिँचाइमा समेत अनुदान दिने गरेको छ । सौर्य उर्जामार्फत सिँचाइ पु¥याउन परियोजनाले ८५ प्रतिशत ब्योहोरी दिने गरेको छ । कृषकले १५ प्रतिशत लगानी गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ