२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा उन्नत तोरीको बीउ वितरण

२६ आश्विन २०७५, शुक्रबार १०:३३

असोज २६, दाङ | तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ । 

उपमहानगरपालिकाभित्रका १९वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी अनुदानको बीउ वडा नं १ र २ का किसानले लिएका छन् । उक्त बीउको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरिएको छ । 

कृषि विकास कार्यालयले पनि उक्त उपमहानगरपालिका–१२ को उरहरीमा बीउ उत्पादन कार्यक्रम शुरु गरेको छ । बीउ उत्पादनको जिम्मा पशुपति आत्मनिर्भर सहकारी संस्थालाई दिइएको छ । 

जिल्लामा १७ हजार ८८५ हेक्टर जग्गामा तोरीखेती, एक सय हेक्टरमा रायो, एक सय हेक्टरमा सस्र्यु, २५० हेक्टरमा आलस, र २०३ हेक्टरमा सूर्यमुखीको खेती हुदै आएको सरकारी तथ्याङ्क छ । उक्त उपमहानगरपालिकामा ४२ हेक्टर जमिनमा तोरीखेती हुँदैआएको छ । । जिल्लामा गतवर्ष १८ हजार ८०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ