४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अनुदानमा कृषकलाई गहुँको बीउ दिइने

१४ कार्तिक २०७५, बुधबार ०८:१९

कात्तिक १४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । 

नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । 

सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । 

नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउन सिफारिश गरेको थियो । तिलोत्तमा नगरपालिकामा झण्डै ७०० क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको छ । अनुदानको बीउ सबै किसानले प्राप्त गर्ने गरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा