२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘कृषकलाई करोडौंको योजना माग्न माग’

२०७५, ३० कार्तिक शुक्रबार १७:२५

कात्तिक ३०, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कृषकलाई लाखमा होइन, करोडमा योजना माग गर्न आव्हान गरेकी छन् । 

कृषि सहकारी संघ सुर्खेतको शुक्रबार वीरेन्द्रनगरमा तेह्रौं वार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री केसीले साना—साना पूँजीलाई संकलित गरेर बृहत उत्पादनमा जुट्न कृषकलाई सुझाव दिएकी हुन्  ।

उनले कृषिको व्यसायिककरण गरि कृषि उत्पादकत्व बढाउनुका साथै रोजगारी सृजना गर्ने कृषकलाई प्रदेश सरकारले करोडमा सहयोग गर्न तयार रहेको जिकिर गरिन । कर्णालीमा कृषि सहकारी मार्फत नै कृषिको विकास गरिने योजना रहेकाले कृषिमा लगानी बढाउनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष पञ्चकला रावतले गत आर्थिक वर्षमा उन्नत बीउविजन, जैविक रसादी, सुधारिएको औजार लगायतमा जिल्लाका २ सय २२ वटा कृषि सहकारी मार्फत करिब ४४लाख रुपैयाँको कारोवार गरेको जानकारी दिइन । 


कार्यक्रममा सहकारी क्षेत्रका अगुवासँगै सहकारी विकास बैंकका सञ्चालक, सहकारी कर्मी, र कृषकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन