२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित

१० मंसिर २०७५, सोमबार ०८:३०

मङ्सिर १०, बाँके | बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताउनुभयो । 

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताउनुभयो । कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज भएको मौर्य बताउनुहुन्छ । उहाँले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाउनुभएको छ । 

“मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको छ,” मिश्रले बताउनुभयो । जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् । जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य