२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कावासोतीस्थित बिक्री केन्द्रबाट तेह्र लाखको कारोबार

२०७५, २० मंसिर बिहीबार ०४:१७

मङ्सिर २०, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित एउटा खसीबोका बिक्री केन्द्रले दशैँ र तिहारको अवसर पारेर पछिल्लो दुई महिनाभित्र मात्र १३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक मीनबहादुर गाहाले बताउनुभयो । 

उन्नत जातका नाममा ब्रोइलर बाख्राको उत्पादन एवं बिक्रीले बजार पाइरहेको अवस्थामा पछिल्लो समयमा ब्रोइलर बाख्राको सट्टा स्थानीय प्रजातिका बाख्राको माग बढ्न थालेकाले गाउँ पहाडमा चरेका, स्थानीय वनजङ्गलको घाँस खाएका बाख्राको मासु चाम्रो र राम्रो हुने भन्दै गाउँका स्थानीय बाख्राको माग बढ्दै गएको अवस्थामा स्थानीय प्रजातिका बाख्राको बिक्रीबाट आफूले पछिल्लो समयमा राम्रो कमाइ गर्न सकेको खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो । 

पूर्वी नवलपरासीको उत्तरी पहाडको फेदीमा रहेको कावासोतीको हसौरामा पहाडी एवं ग्रामीण क्षेत्रका किसानले चरनमा चराएर पालेका बाख्राको सङ्कलन गरी सहरबजारतर्फ बिक्री वितरण गर्दा पछिल्लो हिन्दुका चाडपर्वमा राम्रो आम्दानी गर्न सफल भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो । 

बाख्रा पालेका किसानको एउटादेखि एक दर्जनसम्म ल्याएका बाख्राको गाउँमै राम्रो मूल्य दिएर बाख्रा खरिद गरिदिने भएका कारण खसीबोका बिक्री केन्द्रमा कारोबार सजिलै हुने गरेको बताइन्छ । 

कावासोती धौवादीका विभिन्न स्थानबाट स्थानीय किसानले चाडवाडको समयमा घर खर्च जोहो गर्नका लागि यस केन्द्रमा आफ्ना बाख्रा खसी ल्याउने गरेका छन् । यसरी गाउँबाट किसानले ल्याएका स्थानीय प्रजातिका खसीबोका व्यवसायी गाहाले काठमाडौँ, पोखरा, नारायणगढ, कावासोती जस्ता सहरबजार क्षेत्रमा बिक्री गरेर अहिलेको दशैँ तिहारमा लाखौँ रुपियाँ कमाउन सफल हुनुभएको बताउनुभयो । खोरमा दाना खुवाएर पालेका बाख्राभन्दा वनजङ्गलमा चराउन पालिएका खसीबोकाको माग बजारमा बढी रहेको हुनाले अहिले स्थानीय प्रजातिका यस प्रकारका खसीबोकाको व्यापार बढेर गएको व्यापारी गाहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै