२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कावासोतीस्थित बिक्री केन्द्रबाट तेह्र लाखको कारोबार

२० मंसिर २०७५, बिहीबार ०४:१७

मङ्सिर २०, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित एउटा खसीबोका बिक्री केन्द्रले दशैँ र तिहारको अवसर पारेर पछिल्लो दुई महिनाभित्र मात्र १३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक मीनबहादुर गाहाले बताउनुभयो । 

उन्नत जातका नाममा ब्रोइलर बाख्राको उत्पादन एवं बिक्रीले बजार पाइरहेको अवस्थामा पछिल्लो समयमा ब्रोइलर बाख्राको सट्टा स्थानीय प्रजातिका बाख्राको माग बढ्न थालेकाले गाउँ पहाडमा चरेका, स्थानीय वनजङ्गलको घाँस खाएका बाख्राको मासु चाम्रो र राम्रो हुने भन्दै गाउँका स्थानीय बाख्राको माग बढ्दै गएको अवस्थामा स्थानीय प्रजातिका बाख्राको बिक्रीबाट आफूले पछिल्लो समयमा राम्रो कमाइ गर्न सकेको खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो । 

पूर्वी नवलपरासीको उत्तरी पहाडको फेदीमा रहेको कावासोतीको हसौरामा पहाडी एवं ग्रामीण क्षेत्रका किसानले चरनमा चराएर पालेका बाख्राको सङ्कलन गरी सहरबजारतर्फ बिक्री वितरण गर्दा पछिल्लो हिन्दुका चाडपर्वमा राम्रो आम्दानी गर्न सफल भएको हसौरा खसीबोका बिक्री केन्द्रका सञ्चालक गाहाले बताउनुभयो । 

बाख्रा पालेका किसानको एउटादेखि एक दर्जनसम्म ल्याएका बाख्राको गाउँमै राम्रो मूल्य दिएर बाख्रा खरिद गरिदिने भएका कारण खसीबोका बिक्री केन्द्रमा कारोबार सजिलै हुने गरेको बताइन्छ । 

कावासोती धौवादीका विभिन्न स्थानबाट स्थानीय किसानले चाडवाडको समयमा घर खर्च जोहो गर्नका लागि यस केन्द्रमा आफ्ना बाख्रा खसी ल्याउने गरेका छन् । यसरी गाउँबाट किसानले ल्याएका स्थानीय प्रजातिका खसीबोका व्यवसायी गाहाले काठमाडौँ, पोखरा, नारायणगढ, कावासोती जस्ता सहरबजार क्षेत्रमा बिक्री गरेर अहिलेको दशैँ तिहारमा लाखौँ रुपियाँ कमाउन सफल हुनुभएको बताउनुभयो । खोरमा दाना खुवाएर पालेका बाख्राभन्दा वनजङ्गलमा चराउन पालिएका खसीबोकाको माग बजारमा बढी रहेको हुनाले अहिले स्थानीय प्रजातिका यस प्रकारका खसीबोकाको व्यापार बढेर गएको व्यापारी गाहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य