२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा एक हजार तीन सय हेक्टरमा हिउँदे मकै

५ पुष २०७५, बिहीबार ०६:५२

रीता लामा | पुस ५, घोराही  (रासस) |  दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय हेक्टर क्षेत्रफलमा खेती हुन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (मकै सुपरजोन) लमहीले जानकारी दिएको छ । 

परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार अहिले सुपरजोन कार्यक्रमलाई पूर्णरूपमा यान्त्रिकीकरण गरिएको छ । सो क्षेत्रमा मकै खेतीका लागि आवश्यक पर्ने प्रविधिका सामग्रीहरु १० स्थानमा राखिएको छ । त्यहाँ मकैको बीउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नङ्ग्याउने, दाना छोडाउने लगायतका कामका लागि आवश्यक प्रविधि सामग्री राखिएका छ । 

परियोजनाले मकै सुपरजोनलाई सफल पार्न मकै खेतीलाई पूर्ण यान्त्रिकीकरण गरी मल उत्पादन र बजारीकरणका साथै गुणस्तर बीउ उत्पादनसमेत त्यहाँका कृषि समूहले गरिरहेको अधिकृत बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार मकै खेतीमा मलका रूपमा प्रयोग गर्न वर्षको ६० टन गड्यौली मल उत्पादन भइरहेको छ । 

परियोजनाले आव २०७४/७५ मा कृषकलाई प्रविधिमा आकर्षण गर्न विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ । सोअन्तर्गत ५० प्रतिशत अनुदानमा कस्टम हायरिङ सेन्टर स्थापना गरिएको छ । चार ठूला, तीन मझौला र चार साना हायरिङ सेन्टर स्थापना गरिएको छे । यसका साथै ८५ प्रतिशत अनुदानमा पोष्ट हार्भेष्ट सेन्टर स्थापना गरिएको छ र ती सेन्टरहरू तीन वटा कृषक सहकारी समूहको सहभागितामा स्थापना गरिएको कार्यान्वयन इकाइ लमहीले जनाएको छ । 

कृषि अधिकृत बस्नेतका अनुसार ५१ जना कृषक समूह तथा सहकारीका सदस्यलाई स्प्रे ट्याङ्की, सुरक्षित पहिरन सेट वितरण गरिएको छ । उहाँका अनुसार ७१ जना कृषक समूह तथा सहकारीका सदस्यलाई मकैका परिकार बनाउने तालीमसमेत प्रदान गरिएको छ भने ७६ जना सदस्यलाई कृषि यन्त्र औजार, उपकरण सञ्चालन तथा मर्मत गर्ने तालीम दिई सक्षम बनाइएको छ । परियोजना लाभान्वित २३१ जना मोबाइल एप्स चलाउन सक्षम भई मकै सुपरजोनका सूचना घरमै बसी हेर्न सक्षम भएका छन् । 

कृषि अधिकृत बस्नेतले ११ वटा कृषक समह तथा सहकारीमा कष्टम हायरिङ सेन्टर स्थापना भएको छ जसवाट किसानलाई मकै खेतीमा व्यावसायिक तथा पूर्ण यान्त्रिकीकरणमा सहजता भएको छ । परियोजना लागू भएको ठाउँमा साना सिँचाइ कार्यक्रमअन्तर्गत ८५ प्रतिशत अनुदानमा ७३ दशमलब ८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, सोलार सिँचाइ कार्यक्रमअन्तर्गत ८५ प्रतिशत अनुदानमा ५३ दशमलव तीन हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । 

लमही नगरपालिका र राप्ती गाउँपालिका क्षेत्रमा सञ्चालित मकै सुपरजोन योजना यस वर्षदेखि थप विस्तार गरिएको छ । यस वर्षबाट गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रमा पनि कार्यक्रम लागू गरिएको छ । कार्यक्रम लागू भएका ठाउँहरूमा मकै खेती पूर्णरूपमा यान्त्रिकीकरण भए पनि नयाँ ठाउँमा भने प्रविधि प्रदर्शन गर्दै हस्तान्तरण गरिने कृषि अधिकृत बस्नेतले बताउनुभयो । पहिले ३४ वटा सहकारी तथा समूह भएकामा नयाँ क्षेत्र विस्तार भएसँगै २५ वटा समूह गठन भएका छन् भने समूह तथा सहकारी सङ्ख्या ५९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य