२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भैसीपालनबाट मनग्य आम्दानि गर्छन् तुलसीपुरका रोका

२५ पुष २०७५, बुधबार १०:२७

 पुस २५, लमही | रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले । 

तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आउनुभएको छ । “विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले आफै व्यावसायिक भैँसीपालन गरेर मासिक रु ५० हजार हाराहारी आम्दानी गर्छु ।” 

मलेसिया पाँच वर्ष बसेर फर्केपछि दुई भैँसीबाट व्यवसाय शुरु गर्नुभएका रोकाले अहिले २० भैँसी पाल्नुभएको छ । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्ने गर्नुभएको छ । दश लाख लगानीमा २०७१ साल देखि उहाँको व्यावसायिक भैँसीपालन शुरु भएको हो । थप १० भैंसी थप्ने लक्ष्य छ । व्यवसाय सञ्चालन गर्न उहाँले वाणिज्य बैंकबाट दश लाख ऋण लिनुभएको छ । 

तुलसीपुर उपमहानगरपालिकाबाट ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत करीब दुई लाख ५० हजार सहयोग प्राप्त गर्नु भएको छ । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गर्नुभएको छ । 

भैँसीको गोबर भने स्थानीय किसानलाई बिक्री गर्दै आएको रोकाले बताउनुभयो । “आफूले व्यवसाय सञ्चालन गरे आफू अनुकूल चल्न सकिन्छ, तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा खटिनुपर्छ”, उहाँको भनाइ थियो । घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र आम्दानी पनि राम्रो हुने भन्दै यो पेशाबाट सन्तुष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईको एकलाख र अन्य सीको २५ हजारदेखि माथिको बीमा गरिएको छ | रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ