२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानका समस्या बुझ्न कृषिमन्त्री खनाल सुस्तामा

२०७५, १४ माघ सोमबार १७:१७

माघ १४, परासी (रासस) | कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । 

केरा र उखु किसानका समस्या प्रत्यक्ष रुपमा बुझ्न आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको रतनगञ्ज पुग्नुभएका उहाँले स्थानीय किसानसँग सरकारले गरेका कार्यको परिणामका लागि केही समय धैर्य गर्न आग्रह गर्नुभयो । 

मन्त्री खनाललाई नवलपरासी केरा उत्पादक सङ्घका तर्फबाट अध्यक्ष लख्खु यादवले दशबुँदे ज्ञापन पत्र बुझाउनुभएको थियो । आफूहरुले पसिना बगाएर उब्जाउने केराको मूल्य विचौलियाले आफूखुशी तोक्ने गरेको भन्दै केरा उत्पादक कृषकले समयमै सरकारले केराको मूल्य तोक्नुपर्ने माग गरेका थिए । 

विचौलियाले किसानसँग सस्तो मूल्यमा किन्ने र व्यापारीलाई महङ्गोमा बिक्री गर्ने गरेको अध्यक्ष यादवले बताउनुभयो । खुल्ला सिमानाका कारण भारतबाट आयात हुने सस्तो मूल्यका केराले नेपाली किसान मर्कामा परेको पनि सङ्घका महासचिव मदनकुमार कुशवाहाले बताउनुभयो । 

किसानले सरकारले मल, बीउ, सिँचाइ लगायतका अत्यावश्यक सेवा उपलब्ध गराउनुपर्ने, नवलपरासीको दक्षिणी क्षेत्र केराखेतीका लागि ठूलो सम्भावना भएर पनि केरा सङ्कलन एवं वितरण केन्द्रको अभावका कारण समस्या भोग्नु परेको गुनासो गरेका थिए । प्रत्येक पालिकामा चिस्यान केन्द्र, नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका बीचमा पर्ने गरी केराको शीत भण्डार, कृषि उद्योगको स्थपना, कृषि औजारमा भन्सार छुट, केराको पकेट क्षेत्रमा केराका विज्ञहरुको समेत आवश्यकता रहेको माग गरेका थिए । 

केरा किसानको मागमा मन्त्री खनालले कृषकका समस्या समाधान गर्ने भन्दै ढुक्क हुन आग्रह गर्नुभयो । पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रमा पछिल्लो समय उखु छोडेर किसानले केराखेती गरिरहेका छन् । 

यसैगरी सोमबार नै कृषिमन्त्री खनालले प्रतापपुर गाउँपालिकामा उखु र केरा उत्पादक किसानसँग अन्तरक्रिया गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुस्ता र प्रतापपुर गाउँपालिका कमिटीको आयोजनामा भएको सो कार्यक्रममा सहभागी उखु किसानले प्रत्येक वर्षको भदौ÷असोज महीनाभित्रै न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका थिए । 

उखु किसानले उखु बिक्री गरेको एक महीनाभित्रै भुक्तानीको सुविधा हुनुपर्ने र सरकारले किसान र चिनी कारखानालाई फाइदा हुने गरी उन्नत जातको उखुखेतीतर्फ उत्प्रेरित गर्नुपर्ने सुझाव पनि दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै