४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्केर कृषिमा जम्दै युवा

२९ माघ २०७५, मंगलवार ०८:२५

तारानाथ आचार्य । माघ २९, बलेवा । एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ । 

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहनुभएको छ । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुःख र दुई वर्ष मलेशियाको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्दाका दुःख अहिले पनि उहाँको मानसपटलबाट बाहिरिएको छैन । सानोतिनो किराना पसल गरेर गाउँमै बस्नुभएका बुढा धेरै सम्पत्ति कमाउने र उज्यालो भविष्यको सपना देखेर खाडी मुलुकदेखि मलेशियासम्म पुग्नुभयो तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उहाँ मलेशियाको दुई वर्ष बिताएर नेपाल फर्किनुभयो । 

झिँवाखोलाकै विमल शाही एक वर्ष पहिला दुबईबाट फर्कनुभएको हो । राम्रो कमाइ हुने आशामा दुबई पुग्नुभएका शाही एक वर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लाग्नुभएको छ । विदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर सरसल्लाह गरी गाउँमा नै केही उद्यम गर्ने सोच बनाउनुभयो । बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहनतले प्रतिफल दिने देखेर उहाँहरूले तरकारी खेती गर्ने सोच्नुभयो । 

उहाँहरूले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्यामबहादुर शाहीले साथ दिनुभएको छ । विदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले विदेशका दुःखको विषयमा सुन्नुभएको छ । त्यसैले उहाँहरू सबै मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहनुभएको छ । 

पछिल्लो समय विदेश पलायन हुने युवाको घुइँचो देखिन्छ । कतिपय युवा विदेशमा गएर कमाइ गरिरहेका छन् भने कतिपय युवा हण्डर खाएर स्वदेश फर्किएका छन् । विदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविष्य खोज्ने पनि छन् । त्यस्तै भविष्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीयस्तरमा नै तरकारीको बजार रहेकाले सुविधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आफूहरूको चाहना पनि पूरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताउनुभयो । 

उहाँहरूले निसीखोला कृषि फार्म दर्ता गरेर व्यवसाय शुरु गरेको एक वर्ष भयो । अहिले उहाँहरूले तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गर्नुभएको छ । शुरुमा रु चार लाख लगानी गरेर स्थानीयको केही जमीन भाडामा र केही जमीन आफ्नै प्रयोग गरेका उहाँहरूले लगानी बढाउने योजना बनाउनुभएको छ । “तरकारीको उत्पादनले राम्रै उत्पादन हुने देखिएको छ, लगानी बढाएर मौसम र बेमौसमका तरकारी उत्पादन गर्दैछौँ”, बुढाले भन्नुभयो । 

तरकारीसँगै उहाँहरूले गाउँलेका लागि तरकारीका बिरुवा उत्पादनसमेत गर्दै आउनुभएको छ । गाउँमा आवश्यक बिरुवा आफ्नै फार्ममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बुढाले बताउनुभयो । “हामीले उत्पादन गरेको वस्तुले हाम्रो बजार पाउँछ”, बुढाले भन्नुभयोे, “व्यवसायलाई अलि बृहत् तरिकाले सञ्चालन गर्न स्थानीय र केन्द्र सरकारबाट सहयोग र प्रोत्साहन पाए अझै राम्रो हुन्थ्यो ।” 

नयाँ व्यवसाय भएकाले तत्कालका लागि मुनाफाको आशा नराखेको उहाँहरू बताउनुहुन्छ । व्यवसाय व्यवस्थित बनाएर महीनामा रु एक लाखदेखि दुई लाखसम्म खर्च कटाएर आम्दानी गर्ने लक्ष्य रहेको शाहीले बताउनुभयो । मध्यपहाडी लोकमार्गले यहाँका अन्य कृषकले उत्पादन गरेको वस्तु बजारीकरणका लागि खासै समस्या छैन । स्थानीय सरकारले युवालाई कृषिलगायतका विषयमा विभिन्न खालका तालीम सञ्चालन गर्ने र युवालाई व्यावसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाए यस क्षेत्रका युवा स्वरोजगार बन्न सहज हुने उनीहरूको भनाइ छ । विदेशमा गरेको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्दको अनुभूति हुने बुढा बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता