२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्केर कृषिमा जम्दै युवा

२०७५, २९ माघ मंगलवार ०८:२५

तारानाथ आचार्य । माघ २९, बलेवा । एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ । 

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहनुभएको छ । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुःख र दुई वर्ष मलेशियाको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्दाका दुःख अहिले पनि उहाँको मानसपटलबाट बाहिरिएको छैन । सानोतिनो किराना पसल गरेर गाउँमै बस्नुभएका बुढा धेरै सम्पत्ति कमाउने र उज्यालो भविष्यको सपना देखेर खाडी मुलुकदेखि मलेशियासम्म पुग्नुभयो तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उहाँ मलेशियाको दुई वर्ष बिताएर नेपाल फर्किनुभयो । 

झिँवाखोलाकै विमल शाही एक वर्ष पहिला दुबईबाट फर्कनुभएको हो । राम्रो कमाइ हुने आशामा दुबई पुग्नुभएका शाही एक वर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लाग्नुभएको छ । विदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर सरसल्लाह गरी गाउँमा नै केही उद्यम गर्ने सोच बनाउनुभयो । बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहनतले प्रतिफल दिने देखेर उहाँहरूले तरकारी खेती गर्ने सोच्नुभयो । 

उहाँहरूले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्यामबहादुर शाहीले साथ दिनुभएको छ । विदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले विदेशका दुःखको विषयमा सुन्नुभएको छ । त्यसैले उहाँहरू सबै मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहनुभएको छ । 

पछिल्लो समय विदेश पलायन हुने युवाको घुइँचो देखिन्छ । कतिपय युवा विदेशमा गएर कमाइ गरिरहेका छन् भने कतिपय युवा हण्डर खाएर स्वदेश फर्किएका छन् । विदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविष्य खोज्ने पनि छन् । त्यस्तै भविष्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीयस्तरमा नै तरकारीको बजार रहेकाले सुविधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आफूहरूको चाहना पनि पूरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताउनुभयो । 

उहाँहरूले निसीखोला कृषि फार्म दर्ता गरेर व्यवसाय शुरु गरेको एक वर्ष भयो । अहिले उहाँहरूले तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गर्नुभएको छ । शुरुमा रु चार लाख लगानी गरेर स्थानीयको केही जमीन भाडामा र केही जमीन आफ्नै प्रयोग गरेका उहाँहरूले लगानी बढाउने योजना बनाउनुभएको छ । “तरकारीको उत्पादनले राम्रै उत्पादन हुने देखिएको छ, लगानी बढाएर मौसम र बेमौसमका तरकारी उत्पादन गर्दैछौँ”, बुढाले भन्नुभयो । 

तरकारीसँगै उहाँहरूले गाउँलेका लागि तरकारीका बिरुवा उत्पादनसमेत गर्दै आउनुभएको छ । गाउँमा आवश्यक बिरुवा आफ्नै फार्ममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बुढाले बताउनुभयो । “हामीले उत्पादन गरेको वस्तुले हाम्रो बजार पाउँछ”, बुढाले भन्नुभयोे, “व्यवसायलाई अलि बृहत् तरिकाले सञ्चालन गर्न स्थानीय र केन्द्र सरकारबाट सहयोग र प्रोत्साहन पाए अझै राम्रो हुन्थ्यो ।” 

नयाँ व्यवसाय भएकाले तत्कालका लागि मुनाफाको आशा नराखेको उहाँहरू बताउनुहुन्छ । व्यवसाय व्यवस्थित बनाएर महीनामा रु एक लाखदेखि दुई लाखसम्म खर्च कटाएर आम्दानी गर्ने लक्ष्य रहेको शाहीले बताउनुभयो । मध्यपहाडी लोकमार्गले यहाँका अन्य कृषकले उत्पादन गरेको वस्तु बजारीकरणका लागि खासै समस्या छैन । स्थानीय सरकारले युवालाई कृषिलगायतका विषयमा विभिन्न खालका तालीम सञ्चालन गर्ने र युवालाई व्यावसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाए यस क्षेत्रका युवा स्वरोजगार बन्न सहज हुने उनीहरूको भनाइ छ । विदेशमा गरेको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्दको अनुभूति हुने बुढा बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल