२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गुल्मीका किसान बीउ उत्पादनमा व्यावसायिक बन्दै

८ फाल्गुन २०७५, बुधबार ०९:४४

फागुन ८, तम्घास | गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् । 

गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको कारोवार भएको परियोजनाको मकै जोनका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो । 

मकै जोनको सहयोगमा खेतमा अरुण २ तथा बारी क्षेत्रमा मनकामना ३, मनकामना ५ र मनकामना ६, देउति लगायतका जातको बीउ वृद्धि भइरहेको छ । इश्मा गाउँपालिका–६ अन्तर्गत अमरपुरमा रहेको दिपज्योति बहुउद्देश्शीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार यसवर्ष मात्र १० मेट्रिक टन अरुण २ को प्रमाणितस्तरको बीउको कारोवार भएको र त्यसबाट समूहमा करीब रु ६ लाख ५० हजार बराबरको आम्दानी भएको छ । 

त्यसैगरी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ६ कृषक सहकारीबाट यसवर्ष करीब २५ मेट्रिक टन मनकामना ३, मनकामना ५ र मनकामना ६ जातका मकैको बीउको कारोवार भएको स्थानीय कृषक लोकबहादुर कुँवरले बताउनुभयो । 

मकै जोन कार्यक्रम कार्यान्वयन पश्चात स्रोत बीउमा अनुदान, बीउबालीको फिल्डनिरीक्षण, बीउ प्रशोधन एवँ भण्डारणका लागि प्रशोधन मेसिनरी, भण्डारण गृहलगायतमा अनुदान सहयोगका कारण स्थानीय कृषकलाई उक्त सफलता मिलेको हो । 

बीउ उत्पादनका लागि पूर्वाधार विकास भएका कारण खयन मकैको तुलनामा दोब्बर मूल्य किसानले बीउबाट प्राप्त हुनेहुँदा आगामी वर्ष त्यस क्षेत्रका ११ कृषक समूह बीउ उत्पादन गर्ने योजनामा छन् । मकै जोन गुल्मीले बीउ उत्पादनलाई व्यावसायीकरण गर्न स्रोत बीउमा अनुदान, बाली निरीक्षण, बीउ प्रमाणिकरण, बीउ प्रशोधन तथा भण्डारण गृह निर्माण जस्ता पूर्वाधारमा सहयोग गर्ने गरेको परियोजना प्रमुख दवाडीले बताउनुभयो । 

यस आर्थिक वर्षमा मात्र परियोजनाले यान्त्रिकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप जमीन जोत्नेदेखि मकै छोडाउने मेसिनसहितको सेट रहने गरी करीब २० कृषक समुह र सहकारीमा मेसिनरी आंैजारसमेत उपलब्ध गराइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य