२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गुल्मीका किसान बीउ उत्पादनमा व्यावसायिक बन्दै

२०७५, ८ फाल्गुन बुधबार ०९:४४

फागुन ८, तम्घास | गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् । 

गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको कारोवार भएको परियोजनाको मकै जोनका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो । 

मकै जोनको सहयोगमा खेतमा अरुण २ तथा बारी क्षेत्रमा मनकामना ३, मनकामना ५ र मनकामना ६, देउति लगायतका जातको बीउ वृद्धि भइरहेको छ । इश्मा गाउँपालिका–६ अन्तर्गत अमरपुरमा रहेको दिपज्योति बहुउद्देश्शीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार यसवर्ष मात्र १० मेट्रिक टन अरुण २ को प्रमाणितस्तरको बीउको कारोवार भएको र त्यसबाट समूहमा करीब रु ६ लाख ५० हजार बराबरको आम्दानी भएको छ । 

त्यसैगरी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ६ कृषक सहकारीबाट यसवर्ष करीब २५ मेट्रिक टन मनकामना ३, मनकामना ५ र मनकामना ६ जातका मकैको बीउको कारोवार भएको स्थानीय कृषक लोकबहादुर कुँवरले बताउनुभयो । 

मकै जोन कार्यक्रम कार्यान्वयन पश्चात स्रोत बीउमा अनुदान, बीउबालीको फिल्डनिरीक्षण, बीउ प्रशोधन एवँ भण्डारणका लागि प्रशोधन मेसिनरी, भण्डारण गृहलगायतमा अनुदान सहयोगका कारण स्थानीय कृषकलाई उक्त सफलता मिलेको हो । 

बीउ उत्पादनका लागि पूर्वाधार विकास भएका कारण खयन मकैको तुलनामा दोब्बर मूल्य किसानले बीउबाट प्राप्त हुनेहुँदा आगामी वर्ष त्यस क्षेत्रका ११ कृषक समूह बीउ उत्पादन गर्ने योजनामा छन् । मकै जोन गुल्मीले बीउ उत्पादनलाई व्यावसायीकरण गर्न स्रोत बीउमा अनुदान, बाली निरीक्षण, बीउ प्रमाणिकरण, बीउ प्रशोधन तथा भण्डारण गृह निर्माण जस्ता पूर्वाधारमा सहयोग गर्ने गरेको परियोजना प्रमुख दवाडीले बताउनुभयो । 

यस आर्थिक वर्षमा मात्र परियोजनाले यान्त्रिकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप जमीन जोत्नेदेखि मकै छोडाउने मेसिनसहितको सेट रहने गरी करीब २० कृषक समुह र सहकारीमा मेसिनरी आंैजारसमेत उपलब्ध गराइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस