२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

११ फाल्गुन २०७५, शनिबार ०७:१९

फागुन ११, भोजपुर | जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छन् । साथै ३८ ले योजना माग गरेको परियोजनाको अलैँची जोन कार्यालयले जनाएको छ । 

अलैँची कृषकका समस्यालाई समाधानका लागि सहयोग गरेर कार्यक्रमलाई किसान लक्षित बनाइएको छ । अलैँची जोनका निमित्त प्रमुख खिरप्रसाद राईले विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजाना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घरघरमै पुगेर उनीहरुका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने कृषकको भनाइ छ । 

टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका कृषक सीताराम लुइँटेलले भन्नुभयो, “हामीले पहिलाबाट नै अलैँची खेती गर्दै आएका थियाँै तर यो कार्यक्रम सञ्चालनमा आएपछि हामीलाई धेरै सहयोग मिलेको छ, सिँचाइ र रोगकिराको समस्या ध्यान दिए राम्रो हुने थियो ।” सोही गाउँपालिका–७ कोटका अर्का कृषक देवीप्रसाद खतिवडाले सो कार्यक्रम सञ्चालनमा आएपछि धेरै कृषकहरु अलैँची खेतीमा लागेका बताउनुभयो । 

जिल्लाको ६५० हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भइरहेको र अझै एक हजार हेक्टर क्षत्रफलमा विस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत जिल्लामा रु ४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट