2026-11-02 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापाका अधिकांश खोलाका बगरहरूमा लहराउँदै तरकारी

चन्द्रकला भण्डारी | फागुन २३, भद्रपुर (रासस) | झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । 

शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुरु गरेको बगरमा यतिबेला, काँक्रा, घिरौँला, फर्सी, लौका र करेला लटरम्मै फल्न थालेको खेतीका प्राविधिक जनार्दन मण्डलले जानकारी दिनुभयो । 

असी किसान मिलेर प्रतिबिघा १२ हजारका दरले भाडामा लिएको बगरे जमीनमा फलेको तरकारी खरीदका लागि ट्रक नै लिएर हेटौँडा, लहान, काठमाडौँदेखि व्यापारी आउन शुरु गरेको प्राविधिक मण्डलले बताउनुभयो । उहाँहरूले खेती गर्दै आएको बगर स्थानीय किसानको नम्बरी जग्गा हो । विगतमा माईखोलामा आएको बाढीले खेतीयोग्य जमीन बगाएर बगरमा परिणत गरेको थियो । सोही जमीन जग्गाधनीसँग भाडामा लिएर किसानले विगत पाँच वर्षदेखि बगरे तरकारी खेती शुरु गरेका हुन् । 

छोटो समयमा विभिन्न तरकारीका जातहरू लगाएर उत्पादन गर्न सकिने भएकाले किसान सो खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र भद्रपुरका कृषि प्राविधिक शालिकराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार झापाको मेची, कनकाई, बिरिङको तल्लो भाग, गौरीगञ्जको चिस्यानलगायतका खोलाको बगरमा तरकारी तथा फलफूल खेती लगाइएको छ । 

हिउँदको सुक्खायाममा नदीबाट मोटर चलाएर सिँचाइ गर्न सकिने सहज व्यवस्था, बाढीले बगाएर ल्याएको मलिलो बलौटेमाटो भएकाले खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भाण्टा, गोलभेँडालगायतका विभिन्न किसिमका फलफूल तथा तरकारी बगरमा मनग्य उत्पादन हुने गरेको प्राविधिक भट्टराईको भनाइ छ । 

उहाँले बगरखेती कार्यक्रमअन्तर्गत जिल्लाका कृषक समूह, कृषि सहकारी, कृषिफार्मसहित २० वटा छनोट गरी चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले रु २८ लाख ५० हजार रकम किसानलाई अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने सम्भावनालाई देखेर बगरे खेती विकास तथा प्रवद्र्धनको अवधारणाअनुसार कार्यक्रम शुरु गरिएको हो ।” झापाका विभिन्न खोलाकिनारको ५०० बिघाभन्दा बढी जमीनमा बगर खेती भइरहेको कृषि ज्ञान केन्द्रको कार्यालय भद्रपुरले जनाएको छ । 

बगरमा बेमौसमी तरकारी र खरबुजाको खेतीबाट बालबच्चाको पढाइलेखाइ र घरखर्च चलाउन सजिलो भइरहेको कनकाई नगरपालिका–५ का किसान तपन मण्डलले बताउनुभयो । उहाँले मङ्सिरदेखि शुरु गरिने तरकारी जेठ १५ सम्ममा बिक्री भइसक्ने बताउनुभयो । उहाँका अनुसार काँक्रा, फर्सी, करेलालगायतका तरकारी चैत १५ सम्ममा बिक्री गरिने र खरबुजाको बिक्रीचाहिँ वैशाखदेखि जेठ १५ सम्ममा गरिने बताउनुभयो । मण्डलले दुई बिघामा खर्च कटाएर बेमौसमी तरकारी खेतीबाट रु छ देखि सात लाख आम्दानी हुँदै आएको बताउनुभयो । 

किसानले हालसम्म भारतको किसानगञ्जबाट प्रतिकेजी रु २० हजारका दरले बीउबिजन खरीद गरेर तरकारी खेती गर्दै आएको बताएका छन् । उनीहरू सरकारले बगरे तरकारी खेती गर्ने किसानलाई बीउ र तालीमको व्यवस्था गरे अभैm तरकारी खेती राम्रो हुने बताउँछन् । 

मकै खेतीमा अनुदान 

कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५/७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो । 

अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्रोमा झापा गाउँपालिका रहेको केन्द्रका कृषि प्राविधिक भट्टराईले बताउनुभयो । उहाँका अनुसार २० हेक्टर क्षेत्रफल रहेको जमीनलाई एक क्लस्टर बनाएर प्रतिसंस्था रु तीन लाख रकम अनुदान प्रदान गरिएको छ । 

अनुदान पाउने संस्थामा कचनकवल गाउँपालिका साना किसान सहकारी संस्था, हेल्लो कृषक समूह, जलउपभोक्ता कृषि सहकारी संस्था र दुर्गा लक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन् । अर्जुनधारा–८ को हात्तीकिल्ला कृषक समूह, ९ र १० नं वडाका उद्यमी कृषक, भद्रपुर–३ का उद्यमी कृषक, बिर्तामोड ९ र ७ का कृषक र कनकाई नगरपालिकाको प्रगतिपथ कृषि सहकारी संस्था रहेको प्राविधिक भट्टराईले बताउनुभयो । 

झापा धानपछि मकै खेतीका लागि उर्वरभूमि भएको बताउँदै प्रमुख भट्टराई भन्नुहुन्छ, “भारतबाट वर्षेनी ठूलो परिमाणमा भित्रिएको मकैलाई निरुत्साहित गर्न र किसानलाई प्रोत्साहित गर्न सरकारले अनुदान रकम वितरण गरेको हो । उहाँले हाइब्रिड जातको मकै ‘दाना’ बनाउन उपयुक्त हुने हुँदा विशेषगरी सरकारले हिउँदे मकै उत्पादनमा ध्यान दिएको बताउनुभयो । झापामा मकैखेतीका लागि हावापानी अनुकूल रहेको हुँदा प्रतिहेक्टर छ देखि सात टनसम्म मकै फल्ने अपेक्षा गरिएको भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द