११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिबाटै नाम, दाम र इज्जत

१४ चैत्र २०७५, बिहीबार ०३:४१

चैत १४, घोडाघोडी (रासस) | गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउनुहुन्छ । 

प्राविधिक शिक्षा पढ्नुभएका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरिरहनुभएको छ । आफ्नै माटोमा भविष्य खोज्न सफल हुनुभएको छ । 

कृषिप्रतिको लगावकै कारण उहाँ अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त हुनुहुन्छ । विद्यालय अध्यापनमा मध्यमखालका उहाँलाई बुबाले पढाइ जारी राख्न दबाब दिनुहुन्थ्यो । उहाँको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो । पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उहाँको बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी हुनुहुन्छ । १८ महीने कृषि जेटिए पढ्नुभएका उहाँ विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय हुनुहुन्छ । 

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका उहाँ तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बन्नुभएको छ । उहाँको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् । 

तरकारीबाट मात्रै महीनामा रु ३० हजारको आम्दानी गर्दै आउनुभएका उहाँले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गर्दै आउनुभएको छ । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ”, चौधरीले भन्नुभयो, “एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

रु पाँच लाख लगानीबाट कुखुरापालन शुरु गर्नुभएका उहाँले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आउनुभएको छ । उहाँले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् । 

“गतवर्ष बजार व्यवस्थापन नहुँदा तरकारी कुहिएर खेर गएको थियो”, उहाँले भन्नुभयो, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा