२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जमीन भाडामा लिई कृषकलाई दिइने

२०७६, ४ बैशाख बुधबार १५:५२

बैशाख ४, धम्बोझी (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानबाट नै  समाजवाद वा जनताको जनवाद ल्याइने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगुवा कार्यकर्तालाई बर्दियाको गुलरियामा प्रशिक्षणका क्रममा पार्टी  स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का इञ्चार्ज पोखरेलले राज्यसत्तासँग समन्वय गर्दै कम्युनिष्ट पार्टीका नेताहरु परिस्थितिसँगै बदलिन सक्नुपर्ने र  समाजमा प्रभावकारी नेतृत्व दिनसक्नुपर्ने बताउनुभयो । 

उहाँले बर्दिया संसारकै दोस्रो पर्यटकीय क्षेत्र भएको विचार राख्दै यसलाई नेपालको मुख्य पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  प्रदेश सरकारले जमीन भाडामा लिई बर्दियामा  जमीन नभएकालाई कृषि कर्म गर्नेलाई दिने जानकारी पनि दिनुभयो । “बेरोजगारलाई ५० दिनको भत्ता  र सय दिनको काम दिइने छ”, उहाँले  भन्नुभयो । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तिलक शर्मा, प्रदेश नं ५ का सचिव जगप्रसाद शर्मा, नेता लक्ष्मण ज्ञवाली  प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, सांसद तुलसा थापालगायतले प्रशिक्षण दिनुभएको थियो ।  नेकपाका बर्दिया जिल्ला कार्यदलका सदस्य लालबहादुर श्रेष्ठले कार्यक्रममा आठ स्थानीय तहका ७६ वडाका ४०० टोल कमिटी निर्माण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै