२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तनहुँमा कफी खेती शुरु

२ श्रावण २०७६, बिहीबार ०८:००

साउन २, तनहुँ | तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ । समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ ।  

 जिल्ला कफी सहकारी संस्थाले उत्पादन गरेको कफीको बिरुवा गाउँपालिकाले शुल्क व्यहोर्ने गरी कफीका बिरुवा लगेर रोपिएको घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्का पामी आलेले जानकारी दिनुभयो ।  

कफीको हालको बजार मूल्य प्रतिविरुवा रु ४० देखि ५० सम्म बिक्री हुने गरेकोले झण्डै रु २५-३० हजार बराबरको कफीको बिरुवा गाउँपालिकाले सहयोग गरेको छ । 

उक्त क्षेत्रलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको देवघाट गाउँपालिका–२ का वडाध्यक्ष पोलबहादुर आलेले बताउनुभयो । कफी रोप्न र जङ्गलका झाडी पन्छाउनका लागि स्थानीय ५३ जनाले श्रमदान गरेका थिए । 

काठ दाउरा बिक्रीबाट १२ करोडभन्दा बढी आम्दानी

तनहुँमा सामुदायिक वन उपभोक्ता समितिले आर्थिक वर्ष २०७५-७६ मा रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेको छ ।

जिल्लामा रहेका विभिन्न ६१७ सामुदायिक वनले एक लाख २४ हजार २१८ क्युफिट काठ तथा दाउरा बिक्री गरेर उक्त आम्दानी गरेको हो । सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।  

सामुदायिक वनले ५५ हजार ७४ हेक्टर क्षेत्रफल वन ओगटेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । “सामुदायिक वनले वन पैदावारबाट बिक्री भइआएको आम्दानीले उपभोक्ता समितिले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो । 

४० लाख राहत 

डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई रु ४० लाख राहत प्रदान गरेको छ । चितुवाको आक्रमणबाट जिल्लाको भानुनगरपालिकाका चार बालबालिकाको मृत्यु भएपछि जनही रु दश लाखका दरले सो राहत प्रदान गरेको हो । 

त्यसैगरी उक्त कार्यालयले भालुको आक्रमणबाट घाइते तीन जनालाई उपचार खर्चबापत रु दुई लाख ६९ हजार ७०४ प्रदान गरेको छ । 

त्यसैगरी चितुवाको आक्रमणबाट मृत्यु भएका तीन गाईका धनीलाई रु ३० हजार, १२ वटा बाख्राका धनीलाई रु एक लाख, एउटा भेडाका धनीलाई रु १० हजार र एउटा सुँगुरका धनीलाई रु १० हजार राहतस्वरुप रकम प्रदान गरिएको डिभिजन प्रमुख बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य