२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोटीमा टिमुरखेतीमा युवाको आकर्षण

२ श्रावण २०७६, बिहीबार ०९:३२

साउन २, डोटी |  जिल्लामा टिमुरखेतीको पर्याप्त सम्भावना भएपछि स्थानीय युवा पछिल्लो समय व्यावसायिकरुपमा टिमुरखेतीमा लागेका छन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका किसान लीलाधर विष्टसहितको युवा टोलीले गाउँमा आफ्नो छुट्टै समूह बनाएर अहिले व्यावसायिकरुपमा टिमुरखेतीको शुरुआत गरेका छन् । 

किसानलाई टिमुरको उपयोगिता, बजार, टिमुरका विषयमा ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “टिमुरका बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्तरुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिकरुपमा टिमुरखेती गर्न थालेका छौँ, टिमुर फलाउन सके यसको राम्रो आम्दानी छ ।” पछिल्लो समय स्थानीय शेरबहादुर देउवा, हेम विष्ट र जङ्गबहादुर विष्टले एक समूह बनाएर व्यावसायिकरुपमा टिमुरखेतीमा लागेका हुन् ।

टिमुर भनेको बहुपयोगी वनस्पति भएको र यसबाट स्वास्थ्यमा निकै फाइदा हुने किसान बताउँछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्तरुपमा पाइने टिमुरका बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यहाँ टिमुर उपयोगविहीन हुन थालेको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुरखेतीको सम्भावना बढी भएको कृषि एकाइ सम्पर्क कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०-४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै हुने गर्छ ।” 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रबल सम्भावना रहेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी गणेशबहादुर मौनीले बताउनुभयो । 

डोटीमा सुकाएको टिमुरगाउँमा प्रतिकेजी रु २०० र बजारमा रु २५० देखि रु ३००  सम्ममा बिक्री हुने गरेको स्थानीय व्यापारी बताउँछन् । सुदूरपश्चिममा व्यावसायिकरुपमा खासै टिमुरखेती गरेको पाइँदैन । टिमुर फुड प्वाइजन, ग्याष्ट्रिक लगायतका रोगको उपचारमा बढी प्रयोग हुने गरेको चिकित्सक बताउँछन् । 

विगतका समयमा खेर जाने गरेको टिमुरको अहिले प्रयोग र माग बढ्न थालेपछि व्यावसायिकरुपमा टिमुरखेती गर्न युवा अग्रसर भएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी डम्बर विष्टले बताउनुभयो । टिमुरखेती गर्न चाहने किसानलाई डिभिजन तथा इलाका वन कार्यालयले बिरुवा उपलब्ध गराउने गरे पनि लक्षित क्षेत्रमा पुग्न नसक्दा जिल्लामा टिमुरखेती खासै कसैले गर्न नसकेको किसानको गुनासो रहेको छ । नगदेबालीका रुपमा रहेको टिमुरखेतीलाई किसानले नर्सरी बनाई बिक्रीसमेत गर्न थालेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला