२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

माछापालनमा ‘बायोफ्लक’ प्रविधि: युवाहरूको चासो बढ्दै

२०७६, १ भाद्र आईतवार १२:०५

भदौ १, चितवन  | नेपालमा नै संभवत पहिलोपटक बायोफ्लक प्रविधि प्रयोग गरेर व्यवसायिक रुपमा माछापालन शुरु गरिएको छ । चितवनकाे भरतपुरमा याे प्रविधिबाट व्यवसायियक रूपमा माछा पाल्न शुरू गरिएकाे हाे ।


व्यवसायिक रुपमा माछापाल्न शुरु गर्नु अघि उक्त प्रविधिको परीक्षण गरिएको र आफूहरु सफल भएको सञ्चालक मध्येका एक कपिलराज रेग्मीले जानकारी दिनुभयो । नेपालको सन्दर्भमा नयाँ रहेको बायोफ्लक प्रविधिलाई चितवन जिल्लाको भरतपुर महानगरपालिकाका ५ जना युवाले प्रविधि भित्र्याएर सफल परीक्षण समेत गरेका हुन् ।

शुरुमा परीक्षणका लागि भरतपुर–१० स्याउली बजारमा एउटा ट्याड्ढमा माछापालन गरिएको हो । परीक्षणका क्रममा २ हजार ७ सय माछाका भुरा राखिएको र ग्रेडिङ गरेर बिक्री समेत गरिएको रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार भरतपुर–१२ नौरड्डेमा १२ गठ्ठा जग्गा भाडामा लिइ पहिलो चरणमा १७ वटा ट्याड्ढ निर्माण गरी व्यावसायिकरूपमा माछापालन शुरु गरिएको हो । आफूहरुले माछापालनका विषयमा अनलाइन मार्फत् अध्ययन अनुसन्धान गरेको, नेपालमा परम्परागत रुपमा पोखरीमा माछापालनमा संलग्न कृषहरुसँग भेटघाट गरी माछापालन गर्दा आइपर्ने समस्याबारे अध्ययन गरेको तथा इन्डाेनेशिया पुगेर बायोफ्लक प्रविधिका प्राविधिक पक्षका बारेमा जानकारी लिएपछि मात्र व्यवसायमा लागेको रेग्मीले जानकारी दिनुभयो ।

बायोफ्लक प्रविधिबाट माछापालन शुरु गरेपछि उक्त समूहले यो प्रविधिबारे अभिमुखीकरण तालिम समेत सम्पन्न गरेको छ । यस प्रविधिमा परम्परागत पोखरीको तुलनामा निकै कम जग्गामा नै ट्याड्ढ निर्माण गर्न सकिन्छ ।

नियमित विद्युत आपुर्ति आवश्यक पर्ने, माछाको लागि आवश्यक पर्ने दाना, अक्सिजन सप्लाईमा भने विशेष ध्यान दिनुपर्ने रेग्मीले बताउनुभयो । उहाँका अनुसार ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाउनुपर्ने हुन्छ ।

व्यावसायिक माछापालन गर्ने सोचका साथ ५ जना मिलेर युवा एग्रो फार्म तथा रिसर्च सेन्टर स्थापना गरिसकेका छन् । यस प्रविधिलाई सही तरिकाले विस्तार गर्नका लागि आफूहरु लागिपर्ने व्यवसायीको भनाई छ ।

भरतपुरका युवाहरु कपिलराज रेग्मी, प्रकाश पन्थी, विरोचन पराजुली, निरञ्जन पराजुली र अविनाश पौडेलले माछापालनका लागि संयुक्त लगानी गरेका छन् ।

३ डायमिटरको ट्याड्ढ निर्माणमा ४० हजार तथा ४ डायमिटरको लागि ५० हजार लगानी लाग्नेछ भने एक कट्ठा जग्गामा १६ वटासम्म ट्याड्ढ बनाउन मिल्ने रेग्मीले जानकारी दिनुभयो । परम्परागतरूपमा माछापालन गर्दा गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी उत्पादन हुनछ भने बायोफ्लक प्रविधिमा एउटा ट्याड्ढमा नै २०० देखि ५०० केजी माछा हुर्काउन सकिन्छ ।

याे प्रविधिमा तिलापिया, कमन कार्प, रहु, माहुर लगायतमा माछा पाल्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण