२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

माछापालनमा ‘बायोफ्लक’ प्रविधि: युवाहरूको चासो बढ्दै

१ भाद्र २०७६, आईतवार १२:०५

भदौ १, चितवन  | नेपालमा नै संभवत पहिलोपटक बायोफ्लक प्रविधि प्रयोग गरेर व्यवसायिक रुपमा माछापालन शुरु गरिएको छ । चितवनकाे भरतपुरमा याे प्रविधिबाट व्यवसायियक रूपमा माछा पाल्न शुरू गरिएकाे हाे ।


व्यवसायिक रुपमा माछापाल्न शुरु गर्नु अघि उक्त प्रविधिको परीक्षण गरिएको र आफूहरु सफल भएको सञ्चालक मध्येका एक कपिलराज रेग्मीले जानकारी दिनुभयो । नेपालको सन्दर्भमा नयाँ रहेको बायोफ्लक प्रविधिलाई चितवन जिल्लाको भरतपुर महानगरपालिकाका ५ जना युवाले प्रविधि भित्र्याएर सफल परीक्षण समेत गरेका हुन् ।

शुरुमा परीक्षणका लागि भरतपुर–१० स्याउली बजारमा एउटा ट्याड्ढमा माछापालन गरिएको हो । परीक्षणका क्रममा २ हजार ७ सय माछाका भुरा राखिएको र ग्रेडिङ गरेर बिक्री समेत गरिएको रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार भरतपुर–१२ नौरड्डेमा १२ गठ्ठा जग्गा भाडामा लिइ पहिलो चरणमा १७ वटा ट्याड्ढ निर्माण गरी व्यावसायिकरूपमा माछापालन शुरु गरिएको हो । आफूहरुले माछापालनका विषयमा अनलाइन मार्फत् अध्ययन अनुसन्धान गरेको, नेपालमा परम्परागत रुपमा पोखरीमा माछापालनमा संलग्न कृषहरुसँग भेटघाट गरी माछापालन गर्दा आइपर्ने समस्याबारे अध्ययन गरेको तथा इन्डाेनेशिया पुगेर बायोफ्लक प्रविधिका प्राविधिक पक्षका बारेमा जानकारी लिएपछि मात्र व्यवसायमा लागेको रेग्मीले जानकारी दिनुभयो ।

बायोफ्लक प्रविधिबाट माछापालन शुरु गरेपछि उक्त समूहले यो प्रविधिबारे अभिमुखीकरण तालिम समेत सम्पन्न गरेको छ । यस प्रविधिमा परम्परागत पोखरीको तुलनामा निकै कम जग्गामा नै ट्याड्ढ निर्माण गर्न सकिन्छ ।

नियमित विद्युत आपुर्ति आवश्यक पर्ने, माछाको लागि आवश्यक पर्ने दाना, अक्सिजन सप्लाईमा भने विशेष ध्यान दिनुपर्ने रेग्मीले बताउनुभयो । उहाँका अनुसार ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाउनुपर्ने हुन्छ ।

व्यावसायिक माछापालन गर्ने सोचका साथ ५ जना मिलेर युवा एग्रो फार्म तथा रिसर्च सेन्टर स्थापना गरिसकेका छन् । यस प्रविधिलाई सही तरिकाले विस्तार गर्नका लागि आफूहरु लागिपर्ने व्यवसायीको भनाई छ ।

भरतपुरका युवाहरु कपिलराज रेग्मी, प्रकाश पन्थी, विरोचन पराजुली, निरञ्जन पराजुली र अविनाश पौडेलले माछापालनका लागि संयुक्त लगानी गरेका छन् ।

३ डायमिटरको ट्याड्ढ निर्माणमा ४० हजार तथा ४ डायमिटरको लागि ५० हजार लगानी लाग्नेछ भने एक कट्ठा जग्गामा १६ वटासम्म ट्याड्ढ बनाउन मिल्ने रेग्मीले जानकारी दिनुभयो । परम्परागतरूपमा माछापालन गर्दा गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी उत्पादन हुनछ भने बायोफ्लक प्रविधिमा एउटा ट्याड्ढमा नै २०० देखि ५०० केजी माछा हुर्काउन सकिन्छ ।

याे प्रविधिमा तिलापिया, कमन कार्प, रहु, माहुर लगायतमा माछा पाल्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था