३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुची छाडेर कुटो तर्फ

१७ असार २०७३, शुक्रबार ०५:४८


बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेका उपाध्यायले अहिले सेवा निवृत्त भएपछि कृषि कर्ममा हात हालेका छन् । अहिलेको तिलोत्तमा नगरपालिका –१९ टिकुलगढमा उनले पौने ३ विघा क्षेत्रफलका कृषि खेती सुरुवात गरेका हुन । वि.स.२०७० सालमा रस्मी कृषि फर्म स्थापना गरी उनले अहिले तरकारी खेती, माछापालन लगायत व्यवसायिक रुपमा गाई समेत पाल्ने योजना बनाएका छन् ।

उनी भन्छन्–‘पश्चिम पौनी माविमा २४ बर्ष सम्म अध्यापन गरे, सेवा निवृत्तभएपछि अहिले कृषि पेशामा लागेको छु ।’ २० बर्ष सम्म स्थायी शिक्षकको रुपमा र ४ बर्ष अस्थायी शिक्षकको रुपमा काम गरेका उपाध्यायले कृषि क्षेत्रबाट नै केही प्रगति गर्न सकिन्छ भन्ने योजनाका साथ कृषि क्षेत्रमा हात हालेको बताउछन् । ‘घरपरिवारबाट क्याम्पस पढाएर बस्नु भन्दै दबाब दिएपनि कृषि क्षेत्रको लागि केही गर्ने उदेश्य बोकेर कृषिमा हात हालेको छुु ।’–केही दिन पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको प्राङ्गयणमा भेटिएका उपाध्यायले भने । अहिले १० कठ्ठा क्षेत्रफलमा तरकारी लगाएका उनले टमाटर, भिन्डी, बेसार लगायतका विभिन्न प्रकृतिका तरकारीहरु रोपेका छन् । butwal

एक बर्ष बैदेशिक रोजगारीको लागि मलेसिया समेत गएका उपाध्यायले विदेशी भूमिभन्दा स्वदेशी भूमिनै प्यारो लागेको कारण फर्किएको जानकारी दिए । वि.स.२०७० साल मंसिर महिनाबाट उनी शिक्षक पेशाबाट सेवा निवृत्त भएका हुन । नेपाली विषयमा स्नाकोत्तरतह (मास्टर्स डिग्री) प्रथम श्रेणीमा उत्र्तीण गरेका उनलाई क्याक्पसहरुले अध्यायपनको लागि आउन समेत पटक–पटक आग्रह गरेका थिए ।

उनी थप्छन्–‘क्याम्पसहरुले अहिले पनि पटक –पटक पटक शिक्षण सेवको लागि बोलाउनुभएको छ, तर गईएन, पढाउदा पढाउदा वाक्क लाग्यो ।’ करिव १२ लाख रुपैयाँ लगानीमा फर्म सुरु गरेका उनले सुरुको बर्ष सिकाई बर्षको रुपमा रहेको भन्दै केही काम गर्दा घाटा समेत लागेको बताए । उनले भने–‘गतबर्ष तरकारीमा रोग लागेर केही कठ्ठा तरकारी नस्ट भयो, अहिले सिक्दै छु, हेरौ के हुन्छ ।’ निकट भविष्यमामा व्यवसायिक रुपमा नै कृषि फर्म सञ्चालन गर्ने योजना बनाएका उपाध्ययको परिवारमा श्रीमान् श्रीमती र दुई जना छोरा छोरी रहेका छन् । गत बर्ष करिव २० हजार आम्दानी गरेको बताउने उनले यस बर्ष राम्रो आम्दानी हुने अपेक्षा लिएका छन् । सिंचाइको लागि भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जल)को बोरिङ्गमार्फत प्रयोग गर्दै आएको उनको भनाई रहेको छ । सिंचाइको लागि खासै समस्या नभएको तर नयाँ स्थानको माटो भएको कारण केही समयपछि माटो व्यवस्थापन हुने उनको अपेक्षा रहेको छ ।

उनीले विदेशी भुमिमा पसिना बगाउनु भन्दा पनि स्वदेशमा नै केही कृषिमा काम गर्न सकियो भने विदेश जान नपर्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘दुई÷चार पैसा कमाउनको लागि विदेश जानुपर्छ भन्ने छैन, यहि पनि मिहिनेत गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । – कृष्ण खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी