राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई

१ श्रावण २०७३, शनिबार ०५:५९


राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ । 


सिरहामा अहिलेसम्म ९ हजार १ सय १३.५५ हेक्टर खेतियोग्य जमिनमा मात्र धान रोपाई भएको छ । समयमा बर्षा नभएकोले अहिलेसम्म मात्र १५ प्रतिशत खेतियोग्य जमिनमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्राविधिक सहायक भोगेन्द्र यादवले बताए । 


सिरहामा कुल कृषियोग्य जमिनको क्षेत्रफल ७३ हजार ९ सय १३.५ हेक्टर रहेको छ, जसमध्ये धान उत्पादन हुने खेतीयोग्य जमिन ६० हजार ७ सय ५७ हेक्टर रहेको यादवले बताए । अकाशे पानीको भरमा खेती गर्ने प्रणाली तराई मधेशमा अहिले पनि कायमै रहेकोले सिरहा सहित मधेशमा खडेरी पर्ने सम्भावना देखिएको छ । 


“समयमा वर्षाको पानीले साथ नदिए पनि नहरको पानीले धान रोपने आश गरे तर त्यस्तो भएन्” एक किसानले भने “न त समयमा नहरको पानी खुल्यो न त वर्षाको पानीले साथ दिए ।” यस सन्दर्भमा हर्दिनाथ कमला सिचाई डिभिजन व्यवस्था कार्यालय पोर्ताहा धनुषाका सूचना अधिकारी गोपाल मिश्रसंग कुरा गर्दा उनले आज (बिहिबार) देखि नहर खुलेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ