राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई

२०७३, १ श्रावण शनिबार ०५:५९


राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ । 


सिरहामा अहिलेसम्म ९ हजार १ सय १३.५५ हेक्टर खेतियोग्य जमिनमा मात्र धान रोपाई भएको छ । समयमा बर्षा नभएकोले अहिलेसम्म मात्र १५ प्रतिशत खेतियोग्य जमिनमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्राविधिक सहायक भोगेन्द्र यादवले बताए । 


सिरहामा कुल कृषियोग्य जमिनको क्षेत्रफल ७३ हजार ९ सय १३.५ हेक्टर रहेको छ, जसमध्ये धान उत्पादन हुने खेतीयोग्य जमिन ६० हजार ७ सय ५७ हेक्टर रहेको यादवले बताए । अकाशे पानीको भरमा खेती गर्ने प्रणाली तराई मधेशमा अहिले पनि कायमै रहेकोले सिरहा सहित मधेशमा खडेरी पर्ने सम्भावना देखिएको छ । 


“समयमा वर्षाको पानीले साथ नदिए पनि नहरको पानीले धान रोपने आश गरे तर त्यस्तो भएन्” एक किसानले भने “न त समयमा नहरको पानी खुल्यो न त वर्षाको पानीले साथ दिए ।” यस सन्दर्भमा हर्दिनाथ कमला सिचाई डिभिजन व्यवस्था कार्यालय पोर्ताहा धनुषाका सूचना अधिकारी गोपाल मिश्रसंग कुरा गर्दा उनले आज (बिहिबार) देखि नहर खुलेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन