राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द"/>
२०८२, २९ चैत्र आईतवार
कृषि गतिबिधी

सिरहाका नर्सरी व्यवसायीहरुको बढ्यो व्यस्तता

२०७३, २ श्रावण आईतवार १०:३७

राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द्र, धनगढी २ का सञ्चालक सुरेश महतोका अनुसार फलफूलका विरुवा सार्ने उपयुक्त मौसम भएकोले अहिले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको छ ।


गत वर्ष एक मौसममा आँपको मात्र ५० हजार विरुवा बेचियो, यो वर्ष ६५ हजार आँपको विरुवा बिक्रीको लागि तयारी रहेको महतोले बताए । महतोले चार विगहा जमिनमा विभिन्न जातका विरुवाहरु लगाउनु भएको छ । एक वर्षमा झण्डै ७०/७५ हजार सबै जातको बिरुवा बिक्री हुने उहाँले जानकारी दिनु भयो । बनस्पति शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएका महतोले आफ्नो योग्यता अनुसार नर्सरी व्यवसायले राम्रै आम्दानी भईरहेको जानकारी दिनुभयो । महतोले अहिले लिजमा लिएको ५ बिघा जमिनमा नर्सरी लगाएको बताउनु भयो ।


अर्का नर्सरी व्यवसायी फुलकहाकट्टी ९ का श्रीदेव चौधरीले सात बिघा जमिनमा नर्सरी लगाउनु भएको छ । सरकारी जागिर छोडेर यो व्यवसायमा लागेका चौधरीले भन्नु भयो–‘सरकारी जागीरमा लागेको भए यति सम्पत्ति जोड्न सक्ने थिइन, अहिले नर्सरी व्यवसायले राम्रो सम्पत्ति आर्जन भयो र सबै भाईहरु पनि यसै पेशामा निर्भर भएका छन् । त्यस्तै, जय शंकर बागवानी केन्द्र, पडरीयाले यो वर्ष ५० हजार बिरुवा बिक्री गर्ने लक्ष्य रहेको संचालक दिनेशकुमार चौधरीले बताउनु भयो । आफ्नो नर्सरीमा आँप कठहर, लिच्चि, अम्वा, सपेता, बास लगाएत विभिन्न जातका फलफूलको विरुवा उत्पादन हुने चौधरीले जानकारी दिनु भयो ।


सिरहा जिल्ला कृषि विकास कार्यालय सिरहाका बागवानी विकास अधिकृत राम नारायण महतोका अनुसार जिल्लाका विभिन्न गा.वि.स.मा गरी करिब ७५ बिघा जग्गमा ८० वटा भन्दा बढी नर्सरी रहेको छ । जिल्लामा वार्षिक रुपमा करिब १० करोड रुपैया भन्दा बढीको कारोबार हुने अधिकृत महतोले उल्लेख गर्नुभयो । सिरहाका नर्सरीमा उत्पादन गरिएका आँपका बिरुवाहरु पूर्व मेचीदेखि महाकालीसम्मका विभिन्न जिल्लाका किसानहरुले लगिरहेको व्यवसायीहरुले जनाएका छन् । 

 

 

 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन