राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द"/>
३ माघ २०८२, शुक्रबार
कृषि गतिबिधी

सिरहाका नर्सरी व्यवसायीहरुको बढ्यो व्यस्तता

२ श्रावण २०७३, आईतवार १०:३७

राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द्र, धनगढी २ का सञ्चालक सुरेश महतोका अनुसार फलफूलका विरुवा सार्ने उपयुक्त मौसम भएकोले अहिले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको छ ।


गत वर्ष एक मौसममा आँपको मात्र ५० हजार विरुवा बेचियो, यो वर्ष ६५ हजार आँपको विरुवा बिक्रीको लागि तयारी रहेको महतोले बताए । महतोले चार विगहा जमिनमा विभिन्न जातका विरुवाहरु लगाउनु भएको छ । एक वर्षमा झण्डै ७०/७५ हजार सबै जातको बिरुवा बिक्री हुने उहाँले जानकारी दिनु भयो । बनस्पति शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएका महतोले आफ्नो योग्यता अनुसार नर्सरी व्यवसायले राम्रै आम्दानी भईरहेको जानकारी दिनुभयो । महतोले अहिले लिजमा लिएको ५ बिघा जमिनमा नर्सरी लगाएको बताउनु भयो ।


अर्का नर्सरी व्यवसायी फुलकहाकट्टी ९ का श्रीदेव चौधरीले सात बिघा जमिनमा नर्सरी लगाउनु भएको छ । सरकारी जागिर छोडेर यो व्यवसायमा लागेका चौधरीले भन्नु भयो–‘सरकारी जागीरमा लागेको भए यति सम्पत्ति जोड्न सक्ने थिइन, अहिले नर्सरी व्यवसायले राम्रो सम्पत्ति आर्जन भयो र सबै भाईहरु पनि यसै पेशामा निर्भर भएका छन् । त्यस्तै, जय शंकर बागवानी केन्द्र, पडरीयाले यो वर्ष ५० हजार बिरुवा बिक्री गर्ने लक्ष्य रहेको संचालक दिनेशकुमार चौधरीले बताउनु भयो । आफ्नो नर्सरीमा आँप कठहर, लिच्चि, अम्वा, सपेता, बास लगाएत विभिन्न जातका फलफूलको विरुवा उत्पादन हुने चौधरीले जानकारी दिनु भयो ।


सिरहा जिल्ला कृषि विकास कार्यालय सिरहाका बागवानी विकास अधिकृत राम नारायण महतोका अनुसार जिल्लाका विभिन्न गा.वि.स.मा गरी करिब ७५ बिघा जग्गमा ८० वटा भन्दा बढी नर्सरी रहेको छ । जिल्लामा वार्षिक रुपमा करिब १० करोड रुपैया भन्दा बढीको कारोबार हुने अधिकृत महतोले उल्लेख गर्नुभयो । सिरहाका नर्सरीमा उत्पादन गरिएका आँपका बिरुवाहरु पूर्व मेचीदेखि महाकालीसम्मका विभिन्न जिल्लाका किसानहरुले लगिरहेको व्यवसायीहरुले जनाएका छन् । 

 

 

 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ