२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियाका कृषकले रोपे चैतेधान

२०७६, २८ चैत्र शुक्रबार ०५:१७

मानबहादुर चौधरी | चैत २८, बर्दिया | कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् ।

राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५÷०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ ।  राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो । 

धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ । परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ । 

परियोजनामा १९५ समूह र सहकारी आबद्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख टपेन्द्रबहादुर शाहले बताउनुभयो । धान सुपरजोन सञ्चालक समितिको सहसंयोजकसमेत रहनुभएका राजापुर  ३ का ४१ वर्षीय पहारी थारुले एक्लै १२ बिघा जग्गामा चैतेधान खेती गर्नुभएको छ । लकडाउनको पालना गर्दै धान रोप्ने यन्त्रको प्रयोग गरेर रोपाइँ गरिएको उहाँले बताउनुभयो । 

लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन् । हरेक किसानले आफ्नै घरपरिवारका सदस्य लगाएर रोपाइँ गरेकाले  कोरोना भाइरसको जोखिमसमेत कम भएको राजापुर ४ का किसान शर्मा थारुले बताउनुभयो ।

गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो । यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ । यस वर्ष ५० हजार क्वीन्टल धान उत्पादन हुने लक्ष्य राखिएको परियोजनाका प्रमुख शाहले बताउनुभयो । कोरोनाविरुद्धको लकडाउनका समयमा चैतेधान रोपाइँ गरिए पनि धानमा राखिने मल नपाइने हो कि भन्ने चिन्ता कृषकलाई छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने