२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियाका कृषकले रोपे चैतेधान

२८ चैत्र २०७६, शुक्रबार ०५:१७

मानबहादुर चौधरी | चैत २८, बर्दिया | कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् ।

राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५÷०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ ।  राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो । 

धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ । परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ । 

परियोजनामा १९५ समूह र सहकारी आबद्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख टपेन्द्रबहादुर शाहले बताउनुभयो । धान सुपरजोन सञ्चालक समितिको सहसंयोजकसमेत रहनुभएका राजापुर  ३ का ४१ वर्षीय पहारी थारुले एक्लै १२ बिघा जग्गामा चैतेधान खेती गर्नुभएको छ । लकडाउनको पालना गर्दै धान रोप्ने यन्त्रको प्रयोग गरेर रोपाइँ गरिएको उहाँले बताउनुभयो । 

लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन् । हरेक किसानले आफ्नै घरपरिवारका सदस्य लगाएर रोपाइँ गरेकाले  कोरोना भाइरसको जोखिमसमेत कम भएको राजापुर ४ का किसान शर्मा थारुले बताउनुभयो ।

गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो । यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ । यस वर्ष ५० हजार क्वीन्टल धान उत्पादन हुने लक्ष्य राखिएको परियोजनाका प्रमुख शाहले बताउनुभयो । कोरोनाविरुद्धको लकडाउनका समयमा चैतेधान रोपाइँ गरिए पनि धानमा राखिने मल नपाइने हो कि भन्ने चिन्ता कृषकलाई छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो