२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

२०७७, १६ बैशाख मंगलवार ०४:१९

हिमलाल पराजुली | वैशाख १६, स्याङ्जा | जाँगर हुनेलाई कामको खाँचो हुँदैन  । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्देशमै केही गरौँ भनेर लाग्ने गरेका प्रशस्तै उदाहरण देख्न पाइन्छ । त्यसैमध्येका युवा हुन् वालिङ नगरपालिका–१२ भञ्ज्याङ्का युवा । तीन युवा मिलेर अहिले सामूहिकरूपमा हातेट्र्याक्टर प्रयोगमा ल्याएक छन् । अहिले उनीहरुलाई गाउँमा सघाउन भ्याइनभ्याइ छ । गहुँ बाली थन्क्याइसकेर किसानले खाली गरेको खेतबारीमा मकै छर्न उनीहरु व्यस्त छन् । 

आजभोलि गाउँघरमा गोरु पाल्ने चलन कम हुँदै गएको र कृषिकार्यमा नयाँ–नयाँ प्रविधि भित्रिएपछि किसानको रोजाइ पनि यसमै पर्न थालेको छ । बिहान ७ बजे हातेट्र्याक्टर लिएर घरबाट निस्किएका युवा दिनभर काम गरेर साँझपखमात्रै घर फर्कन्छन् । सामूहिकरूपमा ट्र्याक्टर किनेर काम शुरु गरेका किसान न्यौपानेले भन्नुभयो विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा बसेर काम गर्दा धेरै आनन्द हुनेरहेछ । न्यौपानेले भन्नुभयो, “पहिला म पनि रोजगारीका लागि विदेश गएको थिएँ । विदेशमा गएर काम गरेपछि बल्ल थाहा भयो कामको महत्व, आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्न पाइन्छ भने किन विदेश जानु भनेर तीन साथी मिलेर हातेट्र्याक्टर किनेर सिजनअनुसार खेतबारी जोत्ने काममा लागेका छौँ ।” 

अर्का युवा बलराम न्यौपानेले विदेशमा जत्तिकै श्रम नेपालमा गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामी तीन जना सल्लाह गरेर एउटा हातेट्र्याक्टर रु ७५ हजारमा किनेर चलाएका छौँ, यसले हामीलाई पनि रोजगारी मिलेको छ भने किसानले पनि सहजरूपमा खेतीपाती लगाउन पाएका छन् । न्यौपानेले भन्नुभयो, “अहिले गाउँघरमा जोत्नका लागि गोरु नपाएर समस्यामा परेका किसान खुशी भएका छन् ।” पहाडी जिल्लाको पाखोबारी र साँघुरा खेतबारीमा ठूलो खालको ट्र्याक्टर प्रयोग गर्न नमिल्ने ठाउँमा हातेट्र्याक्टरको प्रयोग गरेर काम गर्दा किसानलाई धेरै सहज भएको न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “प्रतिघण्टा रु ७५० का दरले लिने गरेका छौँ । यसो गर्दा किसानलाई पनि मर्का परेको छैन हामीलाई पनि ठिकै भएको छ । घर खर्च चलाउनका लागि कुनै समस्या छैन, सिजनअनुसार राम्रै आम्दानी हुने गरेको छ ।” 

गाउँमा भिराला र स–साना खेतबारी हुने भएकाले काल्ला निकाल्न र झराल्न कठिनाइ हुने गरेको उनीहरुको अनुभव छ । पहिला ट्र्याक्टरको प्रयोग गर्दा महङ्गोजस्तो माने पनि पछि डल्डा ठोक्नु नपर्ने र छेउकुना खन्न नपर्ने भएकाले किसान यसको प्रयोगतर्फ आकर्षित हुँदै गएको उनीहरु बताउँछन् । 

खेतबारीमा गहुँ, तोरी लगाए किसानले मकै रोप्ने काम सकिसके पनि बाँझै रहेका खेतबारीमा भने हिउँदे पानी परेपछि अहिले किसान खेती लगाउन व्यस्त छन् । सानो खालको ट्र्याक्टर भएकाले बाँझोमा जोत्न कठिन भएकाले बाँझो रहेको जमिनमा पानी परेपछि जोत्ने काम भइरहेको बलराम न्यौपानेले बताउनुभयो ।

हाते ट्र्याक्टरले जोतेको ठाउँमा छेउकुना खन्नु नपर्ने भएकाले सहज भएको स्थानीय सुशीला पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा आजभोलि खेताला पाउन गाह्रो छ । ट्र्याक्टरले जोतेपछि अरु खेताला लगाएर डल्ला ठोक्ने र खन्नु नपर्ने भएकाले धेरै सहज भएको छ ।” किसानका लागि सरकारले कृषिका क्षेत्रमा प्रयोग हुने औजार एवं साधनलाई अनुदानमा दिने व्यवस्था मिलाएसँगै कृषि क्षेत्रमा आधुनिक औजार एवं औजारको प्रयोगतर्फ किसान आर्कषण हुन थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा