नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डल्फिन गणना कार्य सम्पन्न

४ श्रावण २०७३, मंगलवार १२:४५


नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन) गणना २०७३ सम्पन्न भएको छ । 

नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोँस (डल्फिन) गणना कार्य गरीएको थियो  । स्थानिय सोँस संरक्षण केन्द्रको १५ स्थानमा सहभागी कार्यकर्ताहरूले यस गणनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त गणना कार्यको नेतृत्व प्राणीविद डा. मुकेशकुमार चालिसेले गर्नु भई प्राणीशास्त्रीहरू धिरेन्द्र ब. चन्द, अनुज घिमिरे, सुनिल खतिवडा तथा सिविस भण्डारी लगायतको टोलीले कैलालीका महोना, कान्द्रा, काडा, राप्ति लगायतका १५ वटा गणना केन्द्रहरूमा गई अनुगमन तथा गणना कार्यको रेखदेख गर्नुभएको थियो ।

एकै पटक एकै समयमा गणना कार्य भई आँकडा उपलब्ध हुनगएबाट पानी भित्र बसोबास गर्ने स्तनधारी सोँसको आँकडा नदोहरीने कुरा बिश्वस्त हुन सकिने प्राणीशास्त्री चन्दको दावी छ । नेपालमा संस्थागतरुपमा यस संरक्षित प्राणीको यसरी गणना भएको पहिलो पटक भएको जानकारी सोँस संरक्षण केन्द्रका सचिव श्री बिजयराज श्रेष्ठले बताउनु भएको छ ।

करिब एक महिनाको अध्ययन, चार दिनको ढुङ्गाना टोलको स्थलगत छलफल तथा एक दिनको गणनाबाट चार दर्जन सोँस आंकलन गरिएको जनाएको छ । सोँस नेपालका ठूला जलरासी भएका नदीहरू– कोशी, गण्डकी, कर्णाली तथा महाकालीमा पहिले धेरै पाईनेभए पनि हिजोआज कर्णाली छेउछाउ बिशेषगरी मोहना नदी तथा यसका अरु सहायक नदीहरू रहेको कैलाली जिल्लामा मात्र पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ