२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आयआर्जनका लागि सामूहिक तरकारी खेती

२०७७, १२ असार शुक्रबार ०५:०८

असार १२, मनाङ | मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । 

गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका महिलाले उत्पादन गरेका उत्पादन आफ्नै गाउँमै खपत हुँदै अएको छ । तरकारीको राजा आलु यस जिल्लाकै प्रमुख बालीको रुपमा आलु खेतीले आयआर्जनमा निर्भर बनाउने गरेको छ । उनीहरुले यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने हुँदा गाउँको झण्डै १० रोपनी खाली जग्गामा सामूहिक खेती गरेका हुन् । सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयआर्जनसमेत गरेका समूहकी सदस्य बेलकाशी गुरुङले बतउनुभयो ।

शुरुमा जिल्ला कृषि कार्यलय चामेबाट रु १० हजार अनुदानबाट शुरु भएको यस समूहको सामूहिक तरकारी खेती हाल लाखौँ आम्दानी गर्न सफल उनीहरु खुशी हुँदै उत्पादनमा अझ बढी मेहनत गर्ने भएका छन् । यहाँ उत्पान भएका आलु, काउली जिल्लाका ठूलठूला होटलदेखि बाहिरी जिल्लाका फाइभ स्टार होटलबाट माग आउने गरेको उनीहरु बताउँछन् । यहाँ उत्पादित आलु काठमाडौँ, पोखरालगायत स्टार होटलमा समेत निर्यात हुन थालेका छन् । यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकाशी गुरुङले बताउनुहुन्छ । 

उनीहरुले आम्दानी भएको रकम समूहमा बचत गरी शुरुआत गरेका गाउँमानै उदारणीय काम गरेका छन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव रहेको छ । कोरोना भाइरसको सङ्क्रमण नभएको भए पर्यटकले भरिने र आलुको विभिन्न परिकारले लोभिने गरेको उनीहरुको भनाइ छ । १० हजार लगानीबाट शुरु गरेका महिला समूहले गाउँको विकासमा समेत टेवा पु¥याउँदै आएका समूहकी अध्यक्ष उर्मिला गुरुङले बताउनुभयो । महिला सक्रिय भए घरमात्र नभई गाउँको विकासमा समेत टेवा पुग्न सक्ने ओडार गाउँका महिला उदाहरण बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण