साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सडक ग्राभेल नहुँदा जिनाबाङमा उत्पादित करोडौंको स्याउ खेर जाने खतरा

८ श्रावण २०७३, शनिबार १२:४४

साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ ।

गाउँमा कृषि सडक निर्माण गरिए पनि ग्राभेल नहुँदा समस्या भएको छ । जिनावाङको नाउलीबाट झ्यामसम्म जाने झण्डै डेढ किलोमिटर सडक हिलाम्मे हुँदा ट्रयाक्टर चल्न छाडेका छन् । मान्छेले बोकेर लैजान समस्या हुने र सडक हिलाम्म हुँदा ट्रयाक्टर लैजानसक्ने अवस्था नरहेको स्थानीय रेशम डिसीले जानकारी दिनुभयो ।

जिनावाङका सचिव कमलराज ओलीले गाविसबाट सडक ग्राभेलका लागि पहल भइरहेको तर गाविसको स्रोतबाट मात्रै ग्राभेल गर्न नसकिने बताउनुभयो । आफूले समस्या जिल्ला विकास समितिमा पु¥याएकाले सडक ग्राभेलका लागि पहल हुने आशा व्यक्त गर्नुभयो ।

तर स्थानीयवासीले भने जिविसले बेवास्ता गरेको आरोप लगाएका छन् । जिल्लामै यति धेरै स्याउ खेती हुँदा पनि अहिलेसम्म आफूहरुले राज्यबाट कुनै सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । ‘सडक नहुँदा स्याउ र आलु बजार पु¥याउन सकिएको छैन, जसले गर्दा धेरै स्याउ बस्तुभाउलाई खुवाएर सकिने गरेको छ’– डिसीले भन्नुभयो । थोरै थोरै डोकोमा बोकेर लैजादा स्याउमा दाग लाग्ने समस्या रहेको पनि उहाँले बताउनुभयो ।

रोल्पाको जिनावाङ गाविसका अधिकांश वडाहरुमा स्याउ र आलु खेती हुन्छ । असारदेखि भदौसम्म स्याउ टिप्ने गरिए पनि बर्षातका कारण सडक हिमाम्मे हुँदा समस्या देखिएको छ । त्यसो त झ्यामदेखि कपुरकोट निस्कने सडक पनि निर्माण सम्पन्न नुहुँदा यहाँका किसानलाई समस्या परिरहेको छ । यो सडकमा करोडौं बजेट खर्च भए पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार