साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

सडक ग्राभेल नहुँदा जिनाबाङमा उत्पादित करोडौंको स्याउ खेर जाने खतरा

२०७३, ८ श्रावण शनिबार १२:४४

साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ ।

गाउँमा कृषि सडक निर्माण गरिए पनि ग्राभेल नहुँदा समस्या भएको छ । जिनावाङको नाउलीबाट झ्यामसम्म जाने झण्डै डेढ किलोमिटर सडक हिलाम्मे हुँदा ट्रयाक्टर चल्न छाडेका छन् । मान्छेले बोकेर लैजान समस्या हुने र सडक हिलाम्म हुँदा ट्रयाक्टर लैजानसक्ने अवस्था नरहेको स्थानीय रेशम डिसीले जानकारी दिनुभयो ।

जिनावाङका सचिव कमलराज ओलीले गाविसबाट सडक ग्राभेलका लागि पहल भइरहेको तर गाविसको स्रोतबाट मात्रै ग्राभेल गर्न नसकिने बताउनुभयो । आफूले समस्या जिल्ला विकास समितिमा पु¥याएकाले सडक ग्राभेलका लागि पहल हुने आशा व्यक्त गर्नुभयो ।

तर स्थानीयवासीले भने जिविसले बेवास्ता गरेको आरोप लगाएका छन् । जिल्लामै यति धेरै स्याउ खेती हुँदा पनि अहिलेसम्म आफूहरुले राज्यबाट कुनै सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । ‘सडक नहुँदा स्याउ र आलु बजार पु¥याउन सकिएको छैन, जसले गर्दा धेरै स्याउ बस्तुभाउलाई खुवाएर सकिने गरेको छ’– डिसीले भन्नुभयो । थोरै थोरै डोकोमा बोकेर लैजादा स्याउमा दाग लाग्ने समस्या रहेको पनि उहाँले बताउनुभयो ।

रोल्पाको जिनावाङ गाविसका अधिकांश वडाहरुमा स्याउ र आलु खेती हुन्छ । असारदेखि भदौसम्म स्याउ टिप्ने गरिए पनि बर्षातका कारण सडक हिमाम्मे हुँदा समस्या देखिएको छ । त्यसो त झ्यामदेखि कपुरकोट निस्कने सडक पनि निर्माण सम्पन्न नुहुँदा यहाँका किसानलाई समस्या परिरहेको छ । यो सडकमा करोडौं बजेट खर्च भए पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से