२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ग्रिनिङ भाइरसको असर : सुन्तलाको बोट छ, फल छैन

२ मंसिर २०७७, मंगलवार ०७:०९

मङ्सिर २, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् ।  सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ । 

पन्ध्रसोह्र वर्षअघिदेखि चार सय रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएका थिए । त्यसबाट वर्षेनी रु तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको थियो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने पनि सुन्तला छैन । सुन्तला सखाप भए पनि धान, मकैखेती गर्न थालिएको छ ।” गाउँमै सबैभन्दा पहिला करीब ४० वर्ष अघिदेखि नौ रोपनी क्षेत्रफलमा पाँच सयभन्दा बढी सुन्तलाका बोट लगाएर फल दिन थालेपछि वर्षेनी रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै परिवारको खर्चमा टेवा पुग्दै आएको थियो ।

पाँच वर्ष अघिदेखि सुन्तलाका बोटमा लागेको रोगका कारण मासिँदै जाँदा यतिबेला १९५ बोट मात्र बाँकी छ ।  यस वर्ष रु एक लाख जति मात्रै आम्दानी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । 

उहाँहरुको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा  रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी  छन् । बाह्र वर्षका बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको किसान उत्तमराज पाण्डेले बताउनुभयो ।  उहाँले भन्नुभयो “ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै  खाँदै किसानहरु आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुशी भएर बसेका हुन्थे ।” सुन्तला किसानले व्यापारीसँग राम्रो मूल्यमा बिक्री गर्दै आए पनि केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ ।  

विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुभएका रमेशराज पन्तको आम्दानी वार्षिक रु ५० हजार पनि मुश्किलले  हुने गरेको छ । धेरै स्याहारसुसार र  मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म आम्दानी लिइरहेको उहाँको भनाइ छ ।  गाउँभरिका बगैँचाबाट केही वर्षअघिसम्म वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी हुने गरे पनि पाँच वर्षदेखि रु १०/१५ लाख मात्रै आम्दानी हुने गरेको सुन्तला कृषक कृष्णप्रसाद पन्तले बताउनुभयो । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा  किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँबाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारका लामासोती र  भोटेओडार, उदीपुरको धिमिरे, गाउँशहरलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । छ हजार मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको  जिल्लामा यस वर्ष एक हजार मेट्रिक टन सुन्तला उत्पादनसमेत नहुने देखिएको रेग्मीको भनाइ छ ।  जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करीब दुई सय हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी