२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा युवाको आकर्षण कृषि उद्योगमा

२४ मंसिर २०७७, बुधबार ०५:५५

मङ्सिर २४, भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रु एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा रु एक अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थियो ।

यी उद्योगमा एक हजार ९६२ ले रोगगारी पाएका छन् भने ३७२ पुरुष र ३३९ महिला गरी ७११ जना उद्यमी बनेका छन् । यद्यपि पहिलो चौमासिकमा गत वर्षभन्दा कम उद्योग खुलेका छन् । चितवनमा घरेलु उद्योग कम खुल्ने गरेको पाइएको छ । यस प्रथम चौमासिकको अवधिमा ४७४ साना उद्योग, १७८ लघुउद्यम र चार घरेलु उद्योग दर्ता भएका छन् । यस आवको साउनबाट कार्यालयमा लघु उद्योग दर्ता नहुने कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिनुभयो । अहिले लघु उद्योगको दर्ता स्थानीय तहमा नै हुने गरेको छ ।

पहिलो चौमासिकमा दर्ता भएका उद्योगमा कृषि तथा वनजन्यतर्फ मात्र ४७८ उद्योग दर्ता भएका छन् । यसतर्फ युवाहरुको बढी आकर्षण भएको पाइएको छ । यस्तै उत्पादनमूलकमा ६२, पर्यटनमूलकमा ६२, सेवामूलक ५४ उद्योग दर्ता भएका छन् । ऊर्जामूलक, निर्माणमूलक, विज्ञान तथा सूचना प्रविधिमूलक र खनिजजन्यमा कुनै उद्योग दर्ता भएका छैनन् । यस्तै चार महिनाको अवधिमा ७२४ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योग बन्द भएका छन् । दर्ता भएको पाँच वर्षपछि पहिलोपटक नवीकरण गर्नुपर्छ भने त्यसपछि हरेक दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । त्यस्तै चार महिनामा ९७ उद्योगले रु २३ करोड ८० लाख ८९ हजार लगानी बढाएका छन् ।

चितवनमा हाल १३ हजार १४५ साना तथा घरेलु उद्योग सञ्चालित छन् । तीमध्ये १२ हजार ५९६ पुरुष र तीन हजार ४१७ महिला गरी १६ हजार १३ उद्यमी छन् भने ५५ हजार ४९८ जनाले रोजगारी पाएका छन् । ती उद्योगमा कूल रु २४ अर्ब नौ करोड ११ लाख एक हजार लागानी रहेको छ । कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ भने ऊर्जामूलक उद्योगमा सबैभन्दा कम लगानी छ । कार्यालयले रु पाँच लाखदेखि रु पाँच करोडसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ । त्योभन्दा माथि पूँजी भएका उद्योग हेटौँडा र काठमाडौँमा दर्ता हुने गर्छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली